सडक मर्मत आयोजना

इण्टरनेशनल रफनेस इण्डेक्स क्लास २ उपकरण जडान तथा सञ्चालन तालिम

एमसिए–नेपालले २०८० साल पुस ३ गतेदेखि ६ गतेसम्म काठमाडौँमा सडक विभाग, इञ्जिनियरिङ्ग अध्ययन संस्थान र सडक मर्मत आयोजनाका इञ्जिनियरहरूका लागि इण्टरनेशनल रफनेस इण्डेक्स क्लास २ उपकरण जडान तथा सञ्चालन तालिम आयोजना गरेको छ।

कुल १६ जना इञ्जिनियर सहभागी उक्त तालिममा सडकको खस्रोपना मापनका लागि […]

दाङ जिल्लामा सरोकारवालाहरूसँग अन्तरक्रिया

एमसिए–नेपालले २०८० साल मङ्सिर १५ गते लुम्बिनी प्रदेशका मुख्यमन्त्रीको कार्यालयमा सरोकारवालाहरूसँग अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ।

पूर्व–पश्चिम राजमार्गको धानखोलादेखि लमहीसम्मको ४० किमि लामो सडक खण्डमा फूल डेप्थ रिक्लेमेशन (एफडीआर) प्रविधि प्रयोगका लागि तयार गरिने डिजाइनबारे सम्बन्धित सरोकारवालाहरूबीच आम समझदारी जुटाउने, आयोजनासम्बन्धी प्राविधिक विवरण र […]

एफडीआर फटिग कर्भ तयारीसम्बन्धी अभिमूखीकरण

एमसिए–नेपालले २०८० साल कात्तिक १४ गतेदेखि १७ गतेसम्म सडक विभागमा फूल डेप्थ रिक्लेमेशन (एफडीआर) फटिग कर्भ तयारीसम्बन्धी अभिमूखीकरण कार्यक्रम सञ्चालन गरेको छ।

उक्त प्रशिक्षण एफडीआर तथा सुपेरियर पर्फमिङ आस्फाल्ट पेभमेण्ट (सुपरपेभ) जस्ता नयाँ पेभमेण्ट सुधार प्रविधि प्रयोग गरिने रणनैतिक सडक मर्मत क्रियाकलापको एक महत्वपूर्ण […]

अन्तरराष्ट्रिय खस्रोपना सूचक वर्ग १ उपकरणसम्बन्धी तालिम

अन्तरराष्ट्रिय खस्रोपना सूचक (आईआरआई) वर्ग १ उपकरणसम्बन्धी तालिमका सहभागीहरू २०८० साल जेठ २९ गते आयोजित तालिम समापन समारोहमा।

एमसिए-नेपालले सडक विभागसँगको सहकार्यमा अन्तरराष्ट्रिय खस्रोपना सूचक (आईआरआई) वर्ग १ उपकरणसम्बन्धी तालिम २०८० साल जेठ २३, २४ र २९ गते सञ्चालन गरेको छ।

तीन दिन […]

अस्फाल्ट ल्याब उपकरणसम्बन्धी तालिम

एमसिए-नेपालले सडक विभागमा तीन हप्ता लामो अस्फाल्ट ल्याब उपकरणसम्बन्धी तालिम २०७९ साल फागुन ८ गतेदेखि १९ गतेसम्म र २०८० साल जेठ १ गतेदेखि ५ गतेसम्म सञ्चालन गरेको छ।

उक्त तालिम प्राविधिक ज्ञान हस्तान्तरण सुनिश्चित गर्न, उपकरण सञ्चालन गर्न र अनुसन्धान, निर्माण र डिजाइनका […]

एफडब्लूडी उपकरण प्रयोग गरी तथ्याङ्क सङ्कलन

एफडब्लूडी उपकरण प्रयोग गरी तथ्याङ्क सङ्कलन एमसिए–नेपालले सडक विभागसँगको सहकार्यमा फलिङ वेट डिफ्लेक्टोमिटर (एफडब्लूडी) उपकरण प्रयोग गरी चार वटा प्रमुख सडक खण्डको डिफ्लेक्सनसम्बन्धी तथ्याङ्क सङ्कलन कार्य २०७९ साल चैत २७ गते सम्पन्न गरेको छ।

उक्त तथ्याङ्क सङ्कलन कार्य चितवन जिल्लामा पर्ने नारायणगढ – मुग्लिन […]

एफडीआर र सुपरपेभ प्रयोगशाला उपकरणसम्बन्धी प्रशिक्षण

एमसिए–नेपाल र सडक विभागद्वारा संयुक्त रूपमा फूल डेप्थ रिक्लेमेशन (एफडीआर) र सुपेरियर पर्फमिङ आस्फाल्ट पेभमेण्ट्स (सुपरपेभ) सम्बन्धी प्रयोगशाला उपकरणको जडान तथा सञ्चालनसम्बन्धी दुई साता लामो प्रशिक्षण आयोजना गरिएको छ।

प्रशिक्षक श्री मौरिसियो भोल्केन प्रशिक्षणका क्रममा २०७९ साल फागुन ९ गते विद्युतीय पेट्रोमिटरबारे प्रशिक्षार्थीहरूलाई जानकारी […]

सडक मर्मतका लागि सम्पत्ति पुष्टीकरण तथा सामाजिक–आर्थिक सर्वेक्षण

एमसिए–नेपालको सडक मर्मत आयोजना टोलीले २०७९ साल मङ्सिर २५ देखि २८ गतेसम्म आयोजनाको कार्यक्षेत्रमा पर्ने पूर्व–पश्चिम राजमार्गको धानखोलादेखि लमहीसम्मको सडक खण्डमा सम्पत्ति पुष्टीकरण तथा सामाजिक–आर्थिक सर्वेक्षण गरेको छ।

उक्त सर्वेक्षण आयोजनाबाट प्रभावित हुने सडक छेउका संरचनाहरूको मूल्याङ्कन गर्ने तथा क्षतिपूर्तिका लागि योग्य प्रभावित घरपरिवारहरूको पहिचान […]

पेभमेण्ट डिजाइन कार्यका लागि तथ्याङ्क सङ्कलन

सडक विभागले पेभमेण्ट डिजाइन कार्यका लागि आवश्यक तथ्याङ्क सङ्कलन गर्न फलिङ्ग वेट डिफ्लेक्टोमिटर प्रयोग गरी पूर्व–पश्चिम राजमार्गको धानखोलादेखि लमहीसम्मको सडक खण्डको पेभेमेण्ट डिफ्लेक्सन मापन गरेको छ।

उक्त कार्य २०७९ साल पुस १० देखि १७ गतेसम्मको अवधिमा गरिएको थियो।

एमसिए–नेपालले सडक मर्मत आयोजना अन्तर्गत […]

धानखोला-शिवखोला खण्डमा सर्वेक्षण पुष्टीकरण

दाङ्ग जिल्लाको धानखोला–शिवखोला खण्डमा सर्वेक्षण पुष्टीकरण कार्य गर्दै एमसिए–नेपाल र एमसीसीका प्रतिनिधिहरू।

सडक मर्मत आयोजनाको प्रभाव निर्धारण गर्न २०७९ साल साउन ७ देखि ९ गतेसम्म एमसिए–नेपालले पूर्व–पश्चिम राजमार्ग अन्तर्गत दाङ्ग जिल्लाको धानखोला–शिवखोला खण्डमा सर्वेक्षण पुष्टीकरण कार्य सम्पन्न गरेको छ।

उक्त प्रक्रियाका क्रममा […]

दाङ्गमा सार्वजनिक सुनुवाइ

सडक मर्मत आयोजना अन्तर्गत धानखोला–लमही सडक खण्डको प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन तयारीको एक अंशका रूपमा दाङ्ग जिल्लाको गडवा गाउँपालिकाको कालाकातेमा आयोजना गरिएको सार्वजनिक सुनुवाइ कार्यक्रम

एमसिए–नेपालले सडक मर्मत आयोजना अन्तर्गत दाङ्ग जिल्लामा पर्ने ४० किमि लामो धानखोला–लमही सडक खण्डको मर्मत एवं स्तरोन्नतिको […]

सडक मर्मत आयोजनासम्बन्धी सार्वजनिक सुनुवाइ सम्पन्न

एमसिए–नेपालले सडक मर्मत आयोजना अन्तर्गत दाङ्ग जिल्लामा पर्ने ४० किमि लामो धानखोला–लमही सडक खण्डको मर्मत एवं स्तरोन्नतिको काम अगाडि बढाउन प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन तयारीको एक अंशका रूपमा सार्वजनिक सुनुवाइ कार्यक्रमहरू सम्पन्न गरेको छ। ती सार्वजनिक सुनुवाइ कार्यक्रमहरू २०७९ साल भदौ १० देखि १२ […]

सडक मर्मत आयोजनासम्बन्धी सार्वजनिक सुनुवाइ हुँदै

काठमाडौँ, २०७९ साल भदौ ८। एमसिए-नेपालले सडक मर्मत आयोजना अन्तर्गत दाङ्ग जिल्लाको धानखोलादेखि लमहीसम्मको ४० किमि सडक खण्ड Full Depth Reclamation र Superpave प्रविधिहरू प्रयोग गरी मर्मत गर्नेछ । आयोजनाको प्रारम्भिक वातावरणीय परीक्षणको कार्यसूची भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट स्वीकृत भइसकेको छ। यस अनुसार २०७९ साल […]

सडक विभागमा निर्मित नयाँ प्रयोगशालाहरू उद्घाटित

काठमाडौँ, २०७९ साल वैशाख १३ गते । सडक विभाग, मिलेनियम च्यालेञ्ज एकाउण्ट नेपाल विकास समिति (एमसिए–नेपाल) तथा मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) का प्रतिनिधिहरूले २०७९ साल वैशाख १३ गते एक समारोहबीच सडक विभागमा निर्माण गरिएका प्रयोगशालाहरूको संयुक्त रूपमा उद्घाटन गर्नुभएको छ ।

एमसिए–नेपालद्वारा गरिएको […]