एफडीआर फटिग कर्भ तयारीसम्बन्धी अभिमूखीकरण

एमसिए–नेपालले २०८० साल कात्तिक १४ गतेदेखि १७ गतेसम्म सडक विभागमा फूल डेप्थ रिक्लेमेशन (एफडीआर) फटिग कर्भ तयारीसम्बन्धी अभिमूखीकरण कार्यक्रम सञ्चालन गरेको छ।

उक्त प्रशिक्षण एफडीआर तथा सुपेरियर पर्फमिङ आस्फाल्ट पेभमेण्ट (सुपरपेभ) जस्ता नयाँ पेभमेण्ट सुधार प्रविधि प्रयोग गरिने रणनैतिक सडक मर्मत क्रियाकलापको एक महत्वपूर्ण अंश हो।

यस क्रियाकलापका लागि पूर्व–पश्चिम राजमार्गको धानखोलादेखि लमहीसम्मको ४० किमि लामो सडक खण्ड छनोट गरिएको छ र यसका लागि डिजाइन कार्य भइरहेको छ।