रोजगारी

एमसिए–नेपालले रोजगारीका लागि आवेदन दिने कुनै पनि वर्ण, जात, धर्म, संस्कृति वा लिङ्गका सम्पूर्ण आवेदकलाई समान अवसर उपलब्ध गराउँछ ।

एमसिए–नेपाल हाल कम्प्याक्ट कार्यक्रम अन्तर्गतका आफ्ना आयोजनाहरूको कार्यान्वयन थालनी हुनुभन्दा अघिको पूर्वतयारी चरणमा छ । एमसिए–नेपालले आफ्ना सम्पूर्ण रिक्त पदपूर्ति गर्दैछ । रिक्त पदहरूका लागि आवेदन आह्वानसम्बन्धी सूचना राष्ट्रिय दैनिक अखबारका साथै वेबसाइटको यस पृष्ठमा पनि प्रकाशित गरिन्छ । विज्ञापन नगरिएका पदहरूका लागि गरिएका आवेदन एमसिए–नेपालले स्वीकार गर्दैन । रिक्त पदहरूसम्बन्धी अद्यावधिक जानकारीका लागि यो वेबपेज नियमित रूपमा हेर्ने गर्नुहोस्, र
https://hrmis.mcanp.org/careers लिङ्क प्रयोग गरी आवेदन गर्नु सक्नुहुन्छ ।

कुनै पनि कारण नदेखाइकनै कुनै वा सबै आवेदन अस्वीकार गर्ने अधिकार एमसिए–नेपालसँग हुनेछ । छनोट प्रक्रियाको कुनै पनि चरणमा प्रभाव पार्ने कुनै पनि किसिमका प्रयास गरिएमा आवेदन स्वतः अयोग्य हुनसक्नेछ । विज्ञापन गरिएका पदको छनोट प्रक्रियामा इच्छुक सम्पूर्ण योग्य उम्मेदवार सहभागी हुन सक्नेछन् । छनोट भएका उम्मेदवारहरूलाई प्रतिस्पद्र्धात्मक स्थानीय तलबमान उपलब्ध गराइनेछ । महिला, अल्पसङ्ख्यक जनजाति तथा दलित वर्गलाई आवेदन दिन विशेष रूपमा प्रोत्साहित गरिएको छ । छनोट प्रक्रिया अगाडि बढाउनका लागि योग्यतामा आधारित सूचीक्रममा परेका आवेदकहरूलाई मात्र सम्पर्क गरिनेछ ।

आवेदन माग गरिएका पदहरूसम्बन्धी अद्यावधिक अवस्था तल दिइएको छ ।

MILLENNIUM CHALLENGE ACCOUNT NEPAL (MCA-NEPAL) VACANCY ANNOUNCEMENT
Position Vacancy Deadline Current Status
Procurement & Contracting Specialist March 14, 2024 Reviewing Job Applications
Internal Control/Compliance Specialist February 26, 2024 Reviewing Job Applications
Office Driver July 11, 2023 Candidate On boarded
M&E Specialist (Re-advertised) July 11, 2023 Candidate Finalized
Power Sector Reform Specialist (Re-advertised) July 11, 2023 Candidate Finalized