सामुदायिक आवाज

ढाका उद्योगी बन्ने सपना बुन्दै भीममाया

नुवाकोट जिल्लास्थित बेलकोटगढी नगरपालिकाको धनसार गाउँमा ५३ वर्षीया भीममाया लिम्बू आफ्नो श्रीमान, छोरा, बुहारी र दुई वर्षीया नातिनीसँग जीवन बिताइरहनुभएको छ। कुवेतमा वैदेशिक रोजगारीमा रहनुहुँदा उहाँले धनसार गाउँमा एक टुक्रा खेत किन्नका लागि पैसा पठाउनुभएको थियो। सोही खेतमा उहाँको परिवारले गर्ने गरेको बाली र तरकारी […]

वैदेशिक रोजगारीदेखि स्वरोजगारीसम्मको राजुको यात्रा

हरेक युवाजस्तै २९ वर्षीय राजु श्रेष्ठको पनि श्रीमती, दुई छोरी र एक छोरा सहितको आफ्नो पाँचजनाको परिवारको जीवनस्तर उकास्ने सपना थियो। नुवाकोटको बेलकोटगढी नगरपालिकास्थित खाल्टेका राजु जीविकोपार्जनका लागि मलेसियामा जानुभयो तर त्यहाँ लामो समयसम्म टिक्न भने उहाँ सक्नुभएन।

एमसिए–नेपालले विद्युत् प्रसारण आयोजना अन्तर्गत रातमाटे […]

ममताको यात्रा : गृहस्थीदेखि व्यवसायीसम्म

तेईस वर्षीया श्रीमती ममता लामाको अधिकांश समय आफ्नी दुई वर्षीया छोरी एवं परिवारका अन्य सदस्यको स्याहारसुसार गर्दै घरधन्दामै बित्ने गर्थ्यो। नुवाकोटको बेलकोटगढी नगरपालिकास्थित रातमाटेमा उहाँको परिवारको १.७ रोपनी जग्गा थियो। अहिले उक्त जग्गा एमसिए–नेपालले आफ्नो विद्युत् प्रसारण आयोजना अन्तर्गत रातमाटे विद्युत् सबस्टेशन बनाउनका लागि अधिग्रहण […]

तरकारी उत्पादकका रूपमा रामप्यारीको यात्रा

एमसिए–नेपालले रातमाटेमा विद्युत् सबस्टेशन निर्माणका लागि आफ्नो जमिन लिन लागेको छ भन्ने सुन्दा रातमाटेमा गरिएको जग्गा अधिग्रहणबाट प्रभावित नुवाकोटको रातमाटेका अन्य स्थानीय वासिन्दाहरू जस्तै श्रीमती रामप्यारी राई र उहाँको परिवार पनि दुःखी भएको थियो।

तर जग्गा प्राप्ति प्रक्रिया सम्पन्न भएपछि भने उहाँहरूको अनुभव पूरै […]

व्यावसायिक तरकारी कृषक बन्दै विन्दमाया लामा

नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नं. ७ को नन्दुटारकी श्रीमती विन्दमाया लामा रातमाटे सबस्टेशन निर्माणका लागि आफ्नो ११ आना (३३४.७५ वर्ग मिटर) जग्गा एमसिए–नेपालले अधिग्रहण गर्दा प्रारम्भिक रूपमा आफ्नो भविष्यबारे अन्योलमा पर्नुभएको थियो। अहिले भने उहाँ भिन्नै अनुभूति गरिरहनुभएको छ। आफ्नो जीवनमा सकारात्मक परिवर्तन आउन […]