सञ्चालक समिति सदस्यहरू

एमसिए–नेपालको सञ्चालन अर्थ मन्त्रालयका सचिवको अध्यक्षतामा गठन गरिएको कार्यकारी समितिबाट हुन्छ । सञ्चालक समितिका अन्य सदस्यहरूका रूपमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सह–सचिव, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सह–सचिव तथा नेपाल विद्युत् प्राधिकरणका प्रवन्ध निर्देशक हुनुहुन्छ । यसैगरी सञ्चालक समितिमा निजी क्षेत्र तथा नागरिक समाजका प्रतिनिधिहरू दुई जना पनि हुनुहुन्छ । एमसिए–नेपालका कार्यकारी निर्देशक सञ्चालक समितिका सदस्य–सचिव हुनुहुन्छ ।

श्री मधुकुमार मरासिनी, अध्यक्ष

श्री मधुकुमार मरासिनी अर्थ मन्त्रालयका सचिव हुनुहुन्छ।

श्री नवीन राज सिंह, सदस्य

श्री नवीन राज सिंह ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सह–सचिव हुनुहुन्छ।

श्री भिमार्जुन अधिकारी, सदस्य

श्री भिमार्जुन अधिकारी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सह–सचिव हुनुहुन्छ।

श्री कुलमान घिसिङ, सदस्य

श्री कुलमान घिसिङ नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हुनुहुन्छ। 

class=

श्री कुमार पाण्डे, सदस्य (प्रतिनिधि, निजी क्षेत्र)

श्री कुमार पाण्डे नेशनल हाइड्रोपावर कम्पनीका कार्यकारी अध्यक्ष हुनुहुन्छ।

श्री खड्ग बहादुर विष्ट, सदस्य–सचिव

श्री खड्ग बहादुर विष्ट एमसिए–नेपालका कार्यकारी निर्देशक हुनुहुन्छ ।