दाङ जिल्लामा सरोकारवालाहरूसँग अन्तरक्रिया

एमसिए–नेपालले २०८० साल मङ्सिर १५ गते लुम्बिनी प्रदेशका मुख्यमन्त्रीको कार्यालयमा सरोकारवालाहरूसँग अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ।

पूर्व–पश्चिम राजमार्गको धानखोलादेखि लमहीसम्मको ४० किमि लामो सडक खण्डमा फूल डेप्थ रिक्लेमेशन (एफडीआर) प्रविधि प्रयोगका लागि तयार गरिने डिजाइनबारे सम्बन्धित सरोकारवालाहरूबीच आम समझदारी जुटाउने, आयोजनासम्बन्धी प्राविधिक विवरण र यसबाट पुग्ने लाभसम्बन्धी जानकारी प्रस्तुत गर्ने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको थियो।

उक्त कार्यक्रमका क्रममा आयोजना कार्यान्वयनका लागि जिल्ला स्तरीय तथा स्थानीय निकायहरूबीच सहमतिको वातावरण सिर्जना गरिएको थियो भने आयोजनासम्बन्धमा सुझावहरू पनि सङ्कलन गरिएको थियो।

उक्त कार्यक्रममा लुम्बिनी प्रदेशका गृहमन्त्री सन्तोष पाण्डे, अर्थ मन्त्रालय तथा सडक विभागका प्रतिनिधिहरू, एमसीसीका अधिकारीहरू तथा आयोजना कार्यान्वयन क्षेत्रमा पर्ने प्रादेशिक एवं स्थानीय निकायका प्रतिनिधिहरूका साथै अन्य प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

एमसिए–नेपालले सडक मर्मतसम्बन्धी नवीन, जलवायुमैत्री तथा लागत प्रभावकारी दिगो प्रविधि प्रयोग गरेर पूर्व–पश्चिम राजमार्गको धानखोलादेखि लमहीसम्मको ४० किमि लामो सडक खण्डको मर्मत एवं स्तरोन्नति गर्दैछ।