इण्टरनेशनल रफनेस इण्डेक्स क्लास २ उपकरण जडान तथा सञ्चालन तालिम

एमसिए–नेपालले २०८० साल पुस ३ गतेदेखि ६ गतेसम्म काठमाडौँमा सडक विभाग, इञ्जिनियरिङ्ग अध्ययन संस्थान र सडक मर्मत आयोजनाका इञ्जिनियरहरूका लागि इण्टरनेशनल रफनेस इण्डेक्स क्लास २ उपकरण जडान तथा सञ्चालन तालिम आयोजना गरेको छ।

कुल १६ जना इञ्जिनियर सहभागी उक्त तालिममा सडकको खस्रोपना मापनका लागि उक्त उपकरण प्रयोग गर्ने तरिका सिकाइएको थियो।

उक्त उपकरण प्रयोग गरी सङ्कलित तथ्याङ्क सडक मर्मत र पुनःस्थापनाको आवधिक योजना निर्माणमा प्रयोग गरिनेछ।

सडक विभागको सडक मर्मत क्षमता अभिवृद्धिका लागि सडक मर्मत आयोजनाको प्राविधिक सहायता अन्तर्गत उक्त तालिम सञ्चालन गरिएको हो।