अन्तरराष्ट्रिय खस्रोपना सूचक वर्ग १ उपकरणसम्बन्धी तालिम


अन्तरराष्ट्रिय खस्रोपना सूचक (आईआरआई) वर्ग १ उपकरणसम्बन्धी तालिमका सहभागीहरू २०८० साल जेठ २९ गते आयोजित तालिम समापन समारोहमा।

एमसिए-नेपालले सडक विभागसँगको सहकार्यमा अन्तरराष्ट्रिय खस्रोपना सूचक (आईआरआई) वर्ग १ उपकरणसम्बन्धी तालिम २०८० साल जेठ २३, २४ र २९ गते सञ्चालन गरेको छ।

तीन दिन चलेको उक्त तालिम प्रशिक्षार्थीहरूलाई सडक मर्मतका लागि तथ्याङ्क सङ्कलन र आईआरआई क्लास १ उपकरण प्रयोगसम्बन्धी सीप प्रदान गर्न आयोजना गरिएको थियो।
एमसिए–नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्टले २०८० साल जेठ २९ गते आयोजित समापन समारोहमा सडक विभाग, इञ्जिनियरिङ्ग अध्ययन संस्थानको यातायात सङ्काय र एमसिए-नेपालका गरी कुल १६ जना प्रशिक्षार्थीलाई प्रमाणपत्र प्रदान गर्नुभयो।

उक्त तालिम एमसिए-नेपाल र सडक विभागबीचको आयोजना सहयोग सम्झौताको एक अंश हो।