अस्फाल्ट ल्याब उपकरणसम्बन्धी तालिम

एमसिए-नेपालले सडक विभागमा तीन हप्ता लामो अस्फाल्ट ल्याब उपकरणसम्बन्धी तालिम २०७९ साल फागुन ८ गतेदेखि १९ गतेसम्म र २०८० साल जेठ १ गतेदेखि ५ गतेसम्म सञ्चालन गरेको छ।

उक्त तालिम प्राविधिक ज्ञान हस्तान्तरण सुनिश्चित गर्न, उपकरण सञ्चालन गर्न र अनुसन्धान, निर्माण र डिजाइनका काममा उपकरणको दिगोपन सुनिश्चितताका लागि आयोजना गरिएको थियो।

तालिम समापन समारोहमा सडक विभागका महानिर्देशक सुशीलबाबु ढकालले सडक विभाग, इञ्जिनियरिङ्ग अध्ययन संस्थानको यातायात सङ्काय र एमसिए–नेपालका गरी कुल १२ जना प्रशिक्षार्थीलाई प्रमाणपत्र हस्तान्तरण गर्नुभयो।