एफडब्लूडी उपकरण प्रयोग गरी तथ्याङ्क सङ्कलन

एफडब्लूडी उपकरण प्रयोग गरी तथ्याङ्क सङ्कलन एमसिए–नेपालले सडक विभागसँगको सहकार्यमा फलिङ वेट डिफ्लेक्टोमिटर (एफडब्लूडी) उपकरण प्रयोग गरी चार वटा प्रमुख सडक खण्डको डिफ्लेक्सनसम्बन्धी तथ्याङ्क सङ्कलन कार्य २०७९ साल चैत २७ गते सम्पन्न गरेको छ।

उक्त तथ्याङ्क सङ्कलन कार्य चितवन जिल्लामा पर्ने नारायणगढ – मुग्लिन सडक खण्डबाट शुरु गरिएको थियो।

तथ्याङ्क सङ्कलन कार्य नारायणगढ – मुग्लिन, कञ्चनपुर – नादाहा, धरान – धनकुटा हिले तथा धानखोला – लमही सडक खण्डमा गरिएको थियो। सङ्कलित तथ्याङ्क सडक मर्मतका क्रममा सडक खण्डको प्राथमिकीकरणका लागि प्रयोग गरिनेछ।


एफडब्लूडी उपकरण प्रयोग गरी सप्तरी जिल्लाको कञ्चनपुरमा २०७९ साल चैत १५ गते सडकको डिफ्लेक्सन मापन गरिँदै।

पेभमेण्ट तथा पेभमेण्टको तहको कडापन मापन गर्न प्रयोग गरिने उपकरण एफडब्लूडी एमसीसी नेपाल कम्प्याक्टको सडक मर्मत आयोजना अन्तर्गत नेपालमा पहिलो पटक प्रयोग गरिएको हो।