धानखोला-शिवखोला खण्डमा सर्वेक्षण पुष्टीकरण

दाङ्ग जिल्लाको धानखोला–शिवखोला खण्डमा सर्वेक्षण पुष्टीकरण कार्य गर्दै एमसिए–नेपाल र एमसीसीका प्रतिनिधिहरू।

सडक मर्मत आयोजनाको प्रभाव निर्धारण गर्न २०७९ साल साउन ७ देखि ९ गतेसम्म एमसिए–नेपालले पूर्व–पश्चिम राजमार्ग अन्तर्गत दाङ्ग जिल्लाको धानखोला–शिवखोला खण्डमा सर्वेक्षण पुष्टीकरण कार्य सम्पन्न गरेको छ।

उक्त प्रक्रियाका क्रममा एमसिए–नेपालले आयोजनाबाट प्रभावित हुने स्थानीय वासिन्दाहरूसँग छलफल पनि गरेको थियो।

सर्वेक्षणको परिणाम अनुसार सडक मर्मत आयोजनामा कुल ४३ वटा निजी संरचना प्रभावित हुने देखिएको छ।