पेभमेण्ट डिजाइन कार्यका लागि तथ्याङ्क सङ्कलन

सडक विभागले पेभमेण्ट डिजाइन कार्यका लागि आवश्यक तथ्याङ्क सङ्कलन गर्न फलिङ्ग वेट डिफ्लेक्टोमिटर प्रयोग गरी पूर्व–पश्चिम राजमार्गको धानखोलादेखि लमहीसम्मको सडक खण्डको पेभेमेण्ट डिफ्लेक्सन मापन गरेको छ।

उक्त कार्य २०७९ साल पुस १० देखि १७ गतेसम्मको अवधिमा गरिएको थियो।

एमसिए–नेपालले सडक मर्मत आयोजना अन्तर्गत सडक मर्मत कार्य गर्नका लागि फूल डेप्थ रिक्लेमेशन प्रविधि प्रयोग गर्दैछ भने सडकको भारवहन क्षमतामा अभिवृद्धि गर्न र सडकको चिल्लोपनामा सुधार गर्नका लागि सुपेरियर पर्फमिङ आस्फाल्ट पेभमेण्ट (सुपरपेभ) प्रविधि प्रयोग गर्दैछ।