सडक मर्मतका लागि सम्पत्ति पुष्टीकरण तथा सामाजिक–आर्थिक सर्वेक्षण

एमसिए–नेपालको सडक मर्मत आयोजना टोलीले २०७९ साल मङ्सिर २५ देखि २८ गतेसम्म आयोजनाको कार्यक्षेत्रमा पर्ने पूर्व–पश्चिम राजमार्गको धानखोलादेखि लमहीसम्मको सडक खण्डमा सम्पत्ति पुष्टीकरण तथा सामाजिक–आर्थिक सर्वेक्षण गरेको छ।

उक्त सर्वेक्षण आयोजनाबाट प्रभावित हुने सडक छेउका संरचनाहरूको मूल्याङ्कन गर्ने तथा क्षतिपूर्तिका लागि योग्य प्रभावित घरपरिवारहरूको पहिचान गर्ने उद्देश्यले गरिएको थियो।

आयोजना अन्तर्गत सडक मर्मत कार्य गर्नका लागि उक्त ४० किमि सडक खण्ड छनोट गरिएको छ।

एमसिए–नेपालको टोली सम्पत्ति पुष्टीकरण तथा सामाजिक–आर्थिक सर्वेक्षण गर्दै।