सडक मर्मत आयोजनासम्बन्धी सार्वजनिक सुनुवाइ हुँदै

काठमाडौँ, २०७९ साल भदौ ८। एमसिए-नेपालले सडक मर्मत आयोजना अन्तर्गत दाङ्ग जिल्लाको धानखोलादेखि लमहीसम्मको ४० किमि सडक खण्ड Full Depth Reclamation र Superpave प्रविधिहरू प्रयोग गरी मर्मत गर्नेछ ।
आयोजनाको प्रारम्भिक वातावरणीय परीक्षणको कार्यसूची भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट स्वीकृत भइसकेको छ। यस अनुसार २०७९ साल भदौ १० गतेदेखि १२ गतेसम्म दाङ्गको विभिन्न स्थानमा सार्वजनिक सुनुवाइ कार्यक्रम हुँदैछ।