सामुदायिक आवाज
आर्थिक अवसर सिर्जना गर्दै भिमेश्वर वहुउद्देश्यीय सहकारी लि.
नुवाकोटको रातमाटेका आयोजना प्रभावित व्यक्तिहरूको जीविकोपार्जन पुनःस्थापनाका लागि एमसिए–नेपालले तयार गरेको रातमाटे जीविकोपार्जन पुनःस्थापना कार्यक्रमको एउटा मुख्य कार्य आयोजना प्रभावित परिवारहरूलाई उनीहरूका कृषि क्रियाकलाप र आयमूलक व्यवसायमा सहयोग उपलब्ध गराउन बचत तथा ऋण परिचालनका लागि सहकारी स्थापना गर्नु पनि थियो ।
एमसिए–नेपालको परामर्शदातृ संस्था सप्रोस […]
वास्तविकतामा रूपान्तरित कमलका सपना
आफ्नी श्रीमती र दुई छोरासँग ४४ वर्षीय कमलबहादुर सारु मगर नुवाकोटको रातमाटेमा बसोबास गर्दै आउनुभएको छ। सानै उमेरबाट कमाइको बाटो रोज्नुभएका उहाँले आफ्नो युवा उमेरमा नै धेरै आर्थिक कठिनाइको सामना गर्नुपर्यो। कमल केही वर्ष अघि रेस्टुरेण्टमा काम गर्न भारत पुग्नुभयो। भारतमा १० वर्ष कडा परिश्रम […]
ढाका उद्योगी बन्ने सपना बुन्दै भीममाया
नुवाकोट जिल्लास्थित बेलकोटगढी नगरपालिकाको धनसार गाउँमा ५३ वर्षीया भीममाया लिम्बू आफ्नो श्रीमान, छोरा, बुहारी र दुई वर्षीया नातिनीसँग जीवन बिताइरहनुभएको छ। कुवेतमा वैदेशिक रोजगारीमा रहनुहुँदा उहाँले धनसार गाउँमा एक टुक्रा खेत किन्नका लागि पैसा पठाउनुभएको थियो। सोही खेतमा उहाँको परिवारले गर्ने गरेको बाली र तरकारी […]
वैदेशिक रोजगारीदेखि स्वरोजगारीसम्मको राजुको यात्रा
हरेक युवाजस्तै २९ वर्षीय राजु श्रेष्ठको पनि श्रीमती, दुई छोरी र एक छोरा सहितको आफ्नो पाँचजनाको परिवारको जीवनस्तर उकास्ने सपना थियो। नुवाकोटको बेलकोटगढी नगरपालिकास्थित खाल्टेका राजु जीविकोपार्जनका लागि मलेसियामा जानुभयो तर त्यहाँ लामो समयसम्म टिक्न भने उहाँ सक्नुभएन।
एमसिए–नेपालले विद्युत् प्रसारण आयोजना अन्तर्गत रातमाटे […]
ममताको यात्रा : गृहस्थीदेखि व्यवसायीसम्म
तेईस वर्षीया श्रीमती ममता लामाको अधिकांश समय आफ्नी दुई वर्षीया छोरी एवं परिवारका अन्य सदस्यको स्याहारसुसार गर्दै घरधन्दामै बित्ने गर्थ्यो। नुवाकोटको बेलकोटगढी नगरपालिकास्थित रातमाटेमा उहाँको परिवारको १.७ रोपनी जग्गा थियो। अहिले उक्त जग्गा एमसिए–नेपालले आफ्नो विद्युत् प्रसारण आयोजना अन्तर्गत रातमाटे विद्युत् सबस्टेशन बनाउनका लागि अधिग्रहण […]
तरकारी उत्पादकका रूपमा रामप्यारीको यात्रा
एमसिए–नेपालले रातमाटेमा विद्युत् सबस्टेशन निर्माणका लागि आफ्नो जमिन लिन लागेको छ भन्ने सुन्दा रातमाटेमा गरिएको जग्गा अधिग्रहणबाट प्रभावित नुवाकोटको रातमाटेका अन्य स्थानीय वासिन्दाहरू जस्तै श्रीमती रामप्यारी राई र उहाँको परिवार पनि दुःखी भएको थियो।
तर जग्गा प्राप्ति प्रक्रिया सम्पन्न भएपछि भने उहाँहरूको अनुभव पूरै […]
व्यावसायिक तरकारी कृषक बन्दै विन्दमाया लामा
नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नं. ७ को नन्दुटारकी श्रीमती विन्दमाया लामा रातमाटे सबस्टेशन निर्माणका लागि आफ्नो ११ आना (३३४.७५ वर्ग मिटर) जग्गा एमसिए–नेपालले अधिग्रहण गर्दा प्रारम्भिक रूपमा आफ्नो भविष्यबारे अन्योलमा पर्नुभएको थियो। अहिले भने उहाँ भिन्नै अनुभूति गरिरहनुभएको छ। आफ्नो जीवनमा सकारात्मक परिवर्तन आउन […]