पाँच बर्से एमसीसी नेपाल कम्प्याक्ट कार्यक्रम २०८० साल भदौ १३ गतेबाट कार्यान्वयन प्रारम्भ गरेको एमसिए-नेपालले तल दिइएका रिक्त पदपूर्तिका लागि आवेदन आव्हान गरेको छ।
रिक्त पदहरूका लागि आवेदन आह्वानसम्बन्धी सूचना राष्ट्रिय दैनिक अखबारका साथै वेबसाइटको यस पृष्ठमा पनि प्रकाशित गरिन्छ। विज्ञापन नगरिएका पदहरूका लागि गरिएका आवेदन एमसिए–नेपालले स्वीकार गर्दैन। रिक्त पदहरूसम्बन्धी अद्यावधिक जानकारीका लागि यो वेबपेज नियमित रूपमा हेर्ने गर्नुहोस्, र https://hrmis.mcanp.org/careers लिङ्क प्रयोग गरी आवेदन गर्नु सक्नुहुन्छ।
कुनै पनि कारण नदेखाइकनै कुनै वा सबै आवेदन अस्वीकार गर्ने अधिकार एमसिए–नेपालसँग हुनेछ। छनोट प्रक्रियाको कुनै पनि चरणमा प्रभाव पार्ने कुनै पनि किसिमका प्रयास गरिएमा आवेदन स्वतः अयोग्य हुनसक्नेछ। विज्ञापन गरिएका पदको छनोट प्रक्रियामा इच्छुक सम्पूर्ण योग्य उम्मेदवार सहभागी हुन सक्नेछन्। छनोट भएका उम्मेदवारहरूलाई प्रतिस्पर्द्धात्मक स्थानीय तलबमान उपलब्ध गराइनेछ। महिला, अल्पसङ्ख्यक जनजाति तथा दलित वर्गलाई आवेदन दिन विशेष रूपमा प्रोत्साहित गरिएको छ। छनोट प्रक्रिया अगाडि बढाउनका लागि योग्यतामा आधारित सूचीक्रममा परेका आवेदकहरूलाई मात्र सम्पर्क गरिनेछ।
एमसिए–नेपालले रोजगारीका लागि आवेदन दिने कुनै पनि वर्ण, जात, धर्म, संस्कृति वा लिङ्गका सम्पूर्ण आवेदकलाई समान अवसर उपलब्ध गराउँछ ।
आवेदन माग गरिएका पदहरूसम्बन्धी अद्यावधिक अवस्था तल दिइएको छ।