रातमाटे जग्गा अधिग्रहणको मुआब्जा वितरण कार्य ६० प्रतिशत सम्पन्न

रातमाटे जग्गा अधिग्रहणको मुआब्जा वितरण कार्य ६० प्रतिशत सम्पन्न

नुवाकोट, २०७७ फागुन २० गते।

मिलेनियम च्यालेञ्ज एकाउण्ट नेपाल विकास समिति (एमसिए–नेपाल) ले कार्यान्वयन गर्न लागेको विद्युत् प्रसारण आयोजना अन्तर्गत रातमाटे सब–स्टेशन निर्माणको पूर्वतयारीका क्रममा गरिएको जग्गा अधिग्रहणको मुआब्जा वितरण कार्य ६० प्रतिशत सम्पन्न भएको छ।

नुवाकोट जिल्लाको बेलकोटगढी नगरपालिकाको वडा नं. ७ रातमाटेमा विद्युत्सब–स्टेशन बनाउन ३८५ रोपनी जग्गा चाहिएकोले स्थानीय ९४ घरपरिवारका १८४ कित्ता जग्गा अधिग्रहण गर्नुपरेको थियो।

यही फागुन १३ गतेसम्ममा ९१ जना जग्गाधनी तथा प्रभावित व्यक्तिहरूलाई रु. ६६.५ करोड क्षतिपूर्ति उपलब्ध गराइसकिएको छ भने बाँकी मुआब्जा वितरण प्रक्रिया पनि तीव्रताका साथ अगाडि बढाइएको छ।

जग्गा प्राप्ति ऐन अन्तर्गत प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा गठित मुआब्जा निर्धारण समितिले अधिग्रहण गरिएको जग्गाको मुआब्जा निर्धारण गरेको थियो। स्थानीय सरोकारवाला र प्रभावित घरधुरीका प्रतिनिधिहरूलाई पनि यस प्रक्रियामा सहभागी गराइएको थियो।

अधिग्रहणमा परेका सबै सम्पत्ति÷संरचनाबापत्प्रतिस्थापन मूल्य सिद्धान्तका आधारमा प्रभावित घरपरिवारको विद्यमान जीवनस्तर नखस्कने गरी क्षतिपूर्ति उपलब्ध गराइएको हो। यसका अतिरिक्त एमसिए– नेपालले प्रभावित परिवारलाई अन्य उपयुक्त जीविकोपार्जन र पुनःस्थापनसम्बन्धी तालिम पनि उपलब्ध गराई पुनःस्थापनका लागि सहयोग उपलब्ध गराउनेछ।

एमसिए–नेपालले निर्माण गर्न लागेका विद्युत्प्रसारण आयोजना राष्ट्रिय गौरवको योजना हो र यसले ३१५ किमि लामो दोहोरो सर्किटको चार सय केभीको प्रसारण लाइन तथा तीन वटा सब–स्टेशन निर्माण गर्नेछ। उक्त प्रसारण लाइन नेपालका १० जिल्लाका ३० नगरपालिका÷गाउँपालिका भएर जानेछ।

रातमाटेमा बन्ने सब–स्टेशन नेपालकै सवैभन्दा आधुनिक र ठुलो हुनेछ र यसको निर्माणका क्रममा नेपालले यस्तो सब–स्टेशन कसरी बनाउने भन्ने अनुभव हासिल गर्ने अवसर पनि प्राप्त हुनेछ।

बिजुली वितरणका सन्दर्भमा नेपाललाई थप सशक्त बनाउनमा रातमाटे सब–स्टेशनले विशेष भूमिका निर्वाह गर्दैनुवाकोट जिल्लालाई नेपालकै एक महत्वपूर्ण विद्युतीय केन्द्रका रूपमा स्थापित गर्नमा यसले सहयोग गर्नेछ।

यस विद्युत् प्रसारण आयोजनाले त्रिशुली, गण्डकी र तामाकोशीबाट निकालिने बिजुली बढी खपत हुने ठाउँसम्म पु¥याउनेछ र देश विकासमा योगदान गर्दै बिजुलीमा गरिएको लगानीलाई प्रतिफलमूलक बनाउनेछ। यो अर्थमा आयोजनालाई जग्गा उपलब्ध गराउने सबैले हाम्रो साझा भविष्य सुधार्न ठुलो योगदान गर्नुभएको छ। उहाँहरूप्रति नेपाल सरकार र एमसिए–नेपालको तर्फबाट हार्दिक धन्यवाद ज्ञापन गर्दछौँ।