प्रसारण लाइन पुनर्स्थापना कार्ययोजना तथा जीविकोपार्जन पुनर्स्थापना कार्यक्रम

तयारी तथा कार्यान्वयन थालनी बैठक

प्रसारण लाइन मार्गबाट प्रभावित व्यक्तिहरूका लागि प्रसारण लाइन पुनःस्थापना कार्ययोजना तथा जीविकोपार्जन पुनःस्थापना कार्यक्रमको तयारी तथा कार्यान्वयनसम्बन्धी योजना तथा अन्य आवश्यक कुराहरूबारे छलफल गर्नका लागि एमसिए–नेपाल तथा परामर्शदाताहरूबीच २०७९ साल पुस १४ र १५ गते थालनी बैठक सम्पन्न भएको छ।

बैठकमा सहभागीहरूलाई स्वागत गर्नुहुँदै एमसिए–नेपालका कार्यकारी निर्देशक श्री खड्ग बहादुर विष्टले आयोजनाका कार्यक्षेत्रमा बसोबास गरिरहेका व्यक्तिहरूलाई न्यूनतम प्रभाव पर्ने गरी आयोजना कार्यान्वयन गर्ने उद्देश्य एमसिए–नेपालको रहेको बताउनुभयो। उहाँले भन्नुभयो, “अन्तरराष्ट्रिय व्यक्ति निगमका मापदण्डहरू तथा एमसीसी मार्गनिर्देशनहरू अनुसार पुनःस्थापनाका क्रममा प्रभावित व्यक्तिहरूलाई यथोचित क्षतिपूर्ति दिइएको छ र उनीहरूको जीविकोपार्जन पुनःस्थापित गरिएको सुनिश्चित गर्नका लागि पुनःस्थापना कार्ययोजना तथा जीविकोपार्जन पुनःस्थापना कार्यक्रम महत्वपूर्ण छन्।”

सो बैठकमा एमसिए–नेपालका कर्मचारीहरूले एसीसी नेपाल कम्प्याक्टको आवश्यकता बमोजिम परामर्शदाताहरूका लागि वित्तीय तथा ब्राण्डिङ्ग मार्गनिर्देशनहरू प्रस्तुत गरेका थिए।
यसैगरी परामर्शदाता तथा एसए इन्फ्रास्ट्रक्चर कन्सल्टेन्ट्स प्रालि, बोटेक बस्फरस टेक्निकल कन्सल्टिङ कर्पोरेसन, जिओईसी नेपाल प्रालि र टोटल म्यानेजमेन्ट सर्भिसेज् प्रालिबीचको संयुक्त उपक्रमका उप–टोली नेता श्री बाबुराम डुम्रेले प्रसारण लाइन पुनःस्थापना कार्ययोजना तथा जीविकोपार्जन पुनःस्थापना कार्यक्रमको तयारी तथा कार्यान्वयनसम्बन्धमा तयार गरिएका क्रियाकलापहरूको सिंहावलोकन प्रस्तुत गर्नुभयो।

स्मरणीय छ, प्रसारण लाइन पुनःस्थापना कार्ययोजना तथा जीविकोपार्जन पुनःस्थापना कार्यक्रमको तयारी तथा कार्यान्वयनका लागि परामर्श सेवा उपलब्ध गराउन एसए इन्फ्रास्ट्रक्चर कन्सल्टेन्ट्स प्रालि, बोटेक बस्फरस टेक्निकल कन्सल्टिङ कर्पोरेसन, जिओईसी नेपाल प्रालि र टोटल म्यानेजमेन्ट सर्भिसेज् प्रालिबीचको संयुक्त उपक्रमलाई छनोट गरिएको थियो ।

एमसिए–नेपालका कार्यकारी निर्देशक श्री खड्ग बहादुर विष्ट उद्घाटन मन्तव्य राख्नुहुँदै ।

थालनी बैठकमा सहभागीहरू ।