प्रसारण लाइनको प्रस्तावित मार्गको ३० किमि खण्डमा पैदल सर्वेक्षण

विद्युत् प्रसारण लाइनको प्रस्तावित मार्गमध्ये करिब ३० किलोमिटर क्षेत्रमा पैदल सर्वेक्षण कार्य गर्दै एमसिए–नेपाल टोली।

४०० केभी क्षमताको विद्युत् प्रसारण लाइन निर्माणसम्बन्धी तयारी कार्यको एक अंशका रूपमा एमसिए–नेपालका परामर्शदाता पीजीसीआईएल र जेड जेभीले विद्युत् प्रसारण लाइनको प्रस्तावित मार्गमध्ये करिब ३० किलोमिटर क्षेत्रमा पैदल सर्वेक्षण कार्य सम्पन्न गरेका छन्।

वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदनको निष्कर्ष अनुरूप आयोजना प्रभावित व्यक्तिहरूका गुनासा सम्बोधनका लागि थालिएको प्रसारण लाइनको ३० किमि खण्डको विस्तृत पुनःसर्वेक्षणपूर्व उक्त पैदल सर्वेक्षण गरिएको हो।

उक्त सर्वेक्षण २०७९ साल असार १६ गतेदेखि २७ गतेसम्म गरिएको थियो।

उक्त सर्वेक्षणको निष्कर्षका आधारमा वैकल्पिक मार्ग प्रस्ताव गर्न लागिएको छ।