पुनर्वास कार्ययोजना एवं जीविकोपार्जन पुनर्स्थापना योजना तर्जुमा एवं कार्यान्वयनसम्बन्धी सम्झौतामा हस्ताक्षर

एमसिए–नेपाल र बोटेक बस्फरस टेक्निकल कन्सल्टिङ कर्पोरेसन, जिओइसी नेपाल प्रा.लि. र टोटल म्यानेजमेन्ट सर्भिसेजसँगको सहकार्यमा एसए इन्फ्रास्ट्रक्चर कन्सल्टेन्ट्स प्रा.लि.सँग भएको पुनर्वास कार्ययोजना एवं जीविकोपार्जन पुनर्स्थापना योजना तर्जुमा एवं कार्यान्वयनसम्बन्धी सम्झौता आदानप्रदान गरिँदै।

एमसिए–नेपालले निर्माण गर्ने विद्युत् प्रसारण लाइनका लागि पुनर्वास कार्ययोजना एवं जीविकोपार्जन पुनर्स्थापना योजना तर्जुमा एवं कार्यान्वयनका लागि एमसिए–नेपाल र बोटेक बस्फरस टेक्निकल कन्सल्टिङ कर्पोरेसन, जिओइसी नेपाल प्रा.लि. र टोटल म्यानेजमेन्ट सर्भिसेजसँगको सहकार्यमा एसए इन्फ्रास्ट्रक्चर कन्सल्टेन्ट्स प्रा.लि.सँग सम्झौता सम्पन्न भएको छ । उक्त सम्झौतामा २०७९ साल भदौ १३ गते हस्ताक्षर गरिएको थियो।
आयोजना प्रभावित व्यक्तिहरूको अस्वेच्छिक पुनर्वासका कारण उनीहरूको जीविकोपार्जनमा कुनै नकारात्मक प्रभाव पर्न नदिन र/वा पर्नसक्ने प्रभावलाई न्यूनीकरण गर्न एमसिए–नेपालले छनोट भएका परामर्शदातृ संस्थाहरूसँग काम गर्नेछ।