नवनिर्वाचित स्थानीय जनप्रतिनिधिहरूसँग अन्तरक्रिया

तनहुँ जिल्लाको घिरिङ गाउँपालिकामा २०७९ साल साउन ९ गते आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा स्थानीय सरोकारवालाहरूसँग अन्तरक्रिया गर्नुहुँदै एमसिए–नेपालका कार्यकारी निर्देशक खड्ग बहादुर विष्ट।

एमसिए–नेपालले निर्माण गर्ने ४०० केभी क्षमताको विद्युत् प्रसारण लाइनको पैदल पुनःसर्वेक्षण गर्नुपूर्व तनहुँ जिल्लाको घिरिङ गाउँपालिका भएर जाने खण्डको भोगाधिकारबारे छलफल गर्न नवनिर्वाचित जनप्रतिनिधि र स्थानीय अधिकारीहरूसँग एक अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ।

उक्त अन्तरक्रिया कार्यक्रम २०७९ साल साउन ९ गते आयोजना गरिएको थियो।

उक्त कार्यक्रममा जिल्ला समन्वय समिति तनहुँका उप–प्रमुख श्री वासुदेव थापा, घिरिङ गाउँपालिकाका अध्यक्ष श्री होमबहादुर थापा, घिरिङ गाउँपालिकाकी उपाध्यक्ष श्री राधादेवी अधिकारी, घिरिङ गाउँपालिका वडा नं १ का अध्यक्ष श्री रविचन्द्र घोरासिनी, स्थानीय अधिकारीहरू र आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूको उपस्थिति थियो।

एमसिए–नेपालका कार्यकारी निर्देशक खड्ग बहादुर विष्टले उच्च क्षमताको विद्युत् प्रसारण लाइनको महत्व, यसबाट पर्ने सामाजिक एवं वातावरणीय प्रभाव, ती प्रभाव न्यूनीकरणका लागि एमसिए–नेपालले अपनाएका उपाय, आर्थिक लाभहरू तथा विभिन्न तथ्यहरूबारे जानकारी प्रस्तुत गर्नुभएको थियो।