आयोजना प्रभावितहरूका लागि पुतली तथा चकटी बनाउने तालिम

यसैगरी, सप्रोस नेपालले रातमाटे जीविकोपार्जन पुनर्स्थापना कार्यक्रम अन्तर्गत नुवाकोटको बेलकोटगढी–७ मा २०७९ साल पुस ८ गतेदेखि आयोजना प्रभावित व्यक्तिहरूका लागि पुतली तथा चकटी बनाउने तालिम सञ्चालन गरेको छ।

उक्त प्रशिक्षणमा १० जना आयोजना प्रभावित व्यक्तिहरूको सहभागिता रहेको छ।

उक्त प्रशिक्षण भौतिक रूपमा विस्थापित भएका व्यक्तिहरूको जीविकोपार्जनका उपायमा सुधार भएको सुनिश्चित गर्ने अन्तरराष्ट्रिय मापदण्डमा आधारित पुनर्स्थापना कार्ययोजनाको एक अभिन्न अङ्ग हो।

यसका अतिरिक्त एमसिए–नेपालले २०७९ साल पुस ११ गते सप्रोस नेपाल सञ्चालक समिति, व्यवस्थापन टोलीका वरिष्ठ सदस्यहरू, कर्मचारीहरू तथा जीविकोपार्जन पुनर्स्थापना कार्यक्रम कार्यान्वयन टोलीलाई एक दिने यौन दुर्व्यवहार, शोषण तथा हतोत्साहन रोकथाम प्रशिक्षण प्रदान गरेको थियो।

पुतली तथा चकटी बनाउने तालिममा सहभागीहरू।