लैङ्गिक तथा सामाजिक समावेशीकरण

आयोजनाको डिजाइन तथा कार्यान्वयन दुवैमा एमसिए–नेपालले लैङ्गिक तथा सामाजिक समावेशीकरण प्रक्रियालाई अपनाउनुपर्दछ । एमसीसी लैङ्गिक नीति तथा एमसीसी लैङ्गिक एकीकरण मार्गनिर्देशिका (२०१६) ले कम्प्याक्ट तर्जुमा तथा कार्यान्वयनका सबै चरणमा लैङ्गिक तथा सामाजिक समावेशीकरणका लागि अपनाउनुपर्ने निश्चित कार्यसम्पादन आवश्यकताहरू, प्रक्रियाहरू तथा कोशेढुङ्गाहरू, भूमिका तथा उत्तरदायित्वहरूबारे समग्र मार्गनिर्देशन उपलब्ध गराएको छ । कम्प्याक्ट कार्यान्वयनपूर्व सामाजिक तथा लैङ्गिक एकीकरण योजना तयार गर्नुपर्ने आवश्यकता पनि एमसीसीले सिर्जना गरेको छ । अपेक्षित परिणाम हासिल गर्नका लागि आयोजनाका सम्पूर्ण क्रियाकलापका क्रममा व्यवस्थित रूपमा लैङ्गिक तथा सामाजिक समावेशीकरण गरिएको सुनिश्चित गर्नका लागि यो आवश्यकता सिर्जना गरिएको हो ।