रातमाटे जीविकोपार्जन पुनर्स्थापना कार्यक्रम

आयोजना प्रभावितहरूका लागि बेमौसमी तरकारी खेती तालिम
एमसिए–नेपालको रातमाटे सबस्टेशन क्षेत्रका प्रभावित व्यक्तिहरूका लागि जीविकोपार्जन पुनर्स्थापना कार्यक्रमसम्बन्धी परामर्शदाता सप्रोस नेपालले नुवाकोटको बेलकोटगढी–७ मा २०७९ साल पुस ५ देखि ७ गतेसम्म १६ जना आयोजना प्रभावित व्यक्तिका लागि बेमौसमी तरकारी खेती तालिम सञ्चालन गरेको छ।

उक्त कार्यक्रममा प्रशिक्षार्थीहरूलाई बेमौसमी तरकारी खेती तथा यसको कार्यक्षेत्र, छँटाइ एवं भण्डारण जस्ता सामान्य व्यवस्थापन अभ्यासहरू, एकीकृत रोग तथा कीट व्यवस्थापनसम्बन्धमा प्रशिक्षण प्रदान गरिएको थियो।

यस कार्यक्रमले सहभागीहरूलाई व्यावसायिक तरकारी खेतीका लागि प्लाष्टिक घर निर्माण, विभिन्न तरकारी रोपन, प्लाष्टिक घरमा विरुवाहरूको छँटाइ जस्ता विभिन्न सहयोगका साथै अन्य अनुगमन सहयोगहरू पनि उपलब्ध गराइरहेको छ। आयोजना प्रभावितहरूका लागि बेमौसमी तरकारी खेती तालिम एमसिए–नेपालको रातमाटे सबस्टेशन क्षेत्रका प्रभावित व्यक्तिहरूका लागि जीविकोपार्जन पुनर्स्थापना कार्यक्रमसम्बन्धी परामर्शदाता सप्रोस नेपालले नुवाकोटको बेलकोटगढी–७ मा २०७९ साल पुस ५ देखि ७ गतेसम्म १६ जना आयोजना प्रभावित व्यक्तिका लागि बेमौसमी तरकारी खेती तालिम सञ्चालन गरेको छ।

उक्त कार्यक्रममा प्रशिक्षार्थीहरूलाई बेमौसमी तरकारी खेती तथा यसको कार्यक्षेत्र, छँटाइ एवं भण्डारण जस्ता सामान्य व्यवस्थापन अभ्यासहरू, एकीकृत रोग तथा कीट व्यवस्थापनसम्बन्धमा प्रशिक्षण प्रदान गरिएको थियो।

यस कार्यक्रमले सहभागीहरूलाई व्यावसायिक तरकारी खेतीका लागि प्लाष्टिक घर निर्माण, विभिन्न तरकारी रोपन, प्लाष्टिक घरमा विरुवाहरूको छँटाइ जस्ता विभिन्न सहयोगका साथै अन्य अनुगमन सहयोगहरू पनि उपलब्ध गराइरहेको छ।

आयोजना प्रभावित व्यक्तिहरू प्रशिक्षणको एक व्यावहारिक सत्रमा सहभागी हुनुहुँदै।

प्रशिक्षणका एक सहभागी श्रीमती सरस्वती अधिकारी प्लाष्टिक घरमा आफ्नो गोलभेँडाको विरुवाको हेरचाह गर्नुहुँदै।

एक प्रशिक्षार्थी श्रीमती सुनिता श्रेष्ठ प्लाष्टिक टनेलमा गोलभेँडाको विरुवाको हेरचाह गर्नुहुँदै।