विद्युत् प्रसारण आयोजना

नयाँ बुटवल सबस्टेशन निर्माणस्थलको भ्रमण

एमसिए–नेपालको सञ्चालक समितिका सदस्यहरू नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक श्री कुलमान घिसिङ तथा निजी क्षेत्रका प्रतिनिधि श्री कुमार पाण्डेले २०८० साल साउन ७ गते नयाँ बुटवल सबस्टेशन निर्माणस्थलको निरीक्षण भ्रमण गर्नुभएको छ।

उक्त निर्माणस्थल र प्राधिकरणले गरिरहेका अन्य काम अवलोकन गर्ने उद्देश्यले उक्त भ्रमणको […]

आयोजनाबाट महिला तथा बालबालिकामा पर्ने प्रभावबारे छलफल

विद्युत् प्रसारण आयोजनाका पुनर्वास क्रियाकलापहरूका कारण महिला तथा बालबालिकामा पर्ने सामाजिक–आर्थिक प्रभाव विश्लेषणका लागि एमसिए–नेपालले मकवानपुर जिल्लाको कैलाश गाउँपालिका, हेटौँडा उप–महानगरपालिका, थाहा नगरपालिका तथा राक्सिराङ गाउँपालिकामा आयोजना प्रभावित महिलाहरूसँग २०८० साल मङ्सिर ४ गतेदेखि ७ गतेसम्म विषय केन्द्रित छलफलहरू आयोजना गरेको छ।

हेटौँडा उप–महानगरपालिकाको श्री […]

गुनासो सम्बोधनका लागि परामर्श कार्यक्रम

एमसिए–नेपालले नुवाकोट जिल्लाको लिखु गाउँपालिकाको वडा नं. ५ र ६ का स्थानीय वासिन्दासँग २०८० साल साउन २८ गते परामर्श कार्यक्रम आयोजना गरेको छ।

विद्युत् प्रसारण लाइनका लागि प्रस्तावित मार्गबारे आयोजना प्रभावित व्यक्तिहरूबाट दर्ता गरिएको गुनासो सम्बोधनका लागि उक्त कार्यक्रम आयोजना गरिएको थियो। लिखु गाउँपालिकाको […]

रुख गणना

एमसिए–नेपालले विद्युत् प्रसारण आयोजनाबाट प्रभावित हुने जिल्लाहरूमा रुख गणना कार्य थालनी गरेको छ। नौ जिल्लामा सामुदायिक वन उपभोक्ता समूहहरू तथा कबुलियती वन उपभोक्ता समूहहरूसँगका अन्तरक्रिया सम्पन्न गरिएपछि रुख गणना कार्यको नेतृत्व गर्नका लागि डिभिजनल तथा उप–डिभिजनल वन अधिकृतहरूलाई अभिमूखीकरण गरिएको थियो।

अभिमूखीकरण कार्यक्रम सञ्चालन […]

पुनर्वास कार्ययोजना तयारीका लागि घरदैलो सर्वेक्षण

एमसिए–नेपालले आयोजना प्रभावित घर परिवारको सामाजिक–सांस्कृतिक, जनसाङ्ख्यिक र आर्थिक तथ्याङ्क सङ्कलन गर्नका लागि चितवन र नवलपरासी (बर्दघाट सुस्ता पूर्व) जिल्लामा घरदैलो सर्वेक्षण सम्पन्न गरेको छ। धादिङ, मकवानपुर, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), नुवाकोट, पाल्पा र सिन्धुपाल्चोक जिल्लाहरूमा उक्त सर्वेक्षण जारी छ।

उक्त सर्वेक्षण एमसिए–नेपालको पुनर्वास […]

प्रसारण लाइनका लागि जग्गा प्राप्ति सहजीकरणका लागि प्रजिअहरूसँग कार्यशाला

एमसिए–नेपालले विद्युत् प्रसारण आयोजनाबाट प्रभावित जिल्लाहरूका प्रमुख जिल्ला अधिकारीहरूको सहभागितामा २०८० साल साउन ८ गते रूपन्देही जिल्लाको मणिग्राममा एक कार्यशाला आयोजना गरेको छ। उक्त कार्यशाला सम्बन्धित जिल्लाहरूमा लाई सहजीकरण गर्न साझा समझदारी विकास गर्नेसन्दर्भमा उपयोगी रहेको थियो।

उक्त कार्यशालामा प्रमुख अतिथिका रूपमा सहभागी हुँदै […]

प्रसारण लाइनका लागि जग्गा प्राप्तिसम्बन्धी प्रगति

जग्गा प्राप्ति ऐन, २०३४ अनुसार प्रसारण लाइनका टावरको जग निर्माणका लागि जग्गा प्राप्ति गर्नेसम्बन्धमा एमसिए–नेपालले उल्लेख्य प्रगति गरेको छ।

एमसिए–नेपालले सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा मुआब्जा निर्धारण समिति गठन गर्नुपूर्व नौ वटै जिल्लामा सरोकारवालाहरूसँग बैठक आयोजना गरेको छ। जग्गा प्राप्तिका लागि मुआब्जा निर्धारण र […]

जग्गा प्राप्तिसम्बन्धमा सिन्धुपाल्चोक र नुवाकोटमा सरोकारवालाहरूसँग बैठक

एमसिए-नेपालले जग्गा प्राप्ति ऐन, २०३४ को दफा ६ को व्यवस्था अनुसार जग्गा प्राप्तिसम्बन्धी प्रारम्भिक कारबाहीको सूचना प्रकाशन गर्नका लागि सिन्धुपाल्चोक र नुवाकोट जिल्लामा सरोकारवालाहरूसँगको बैठक आयोजना गरेको छ।

सरोकारवालाहरूको बैठक नुवाकोट जिल्लाका प्रमुख जिल्ला अधिकारी किरण थापाको अध्यक्षतामा २०७९ साल चैत २७ गते बसेको […]

जग्गा प्राप्तिसम्बन्धी प्रारम्भिक कारबाहीको प्रतिवेदन प्रस्तुत

एमसिए-नेपालले चितवन र नवलपरासी (बर्दघाट सुस्ता पूर्व) जिल्लाहरूमा जग्गा प्राप्तिसम्बन्धी प्रारम्भिक कारबाहीको प्रतिवेदन प्रस्तुत गरेको छ।

चितवन जिल्लाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलसमक्ष २०८० साल जेठ ३ गते र नवलपरासी (बर्दघाट सुस्ता पूर्व) जिल्लाका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालसमक्ष २०८० साल जेठ ४ […]

प्रसारण लाइनमुनि पर्ने जग्गाको स्थलगत प्रमाणीकरण

एमसिए–नेपालले सिन्धुपाल्चोक, मकवानपुर र नुवाकोट जिल्लामा प्रसारण लाइनमुनि पर्ने जग्गाको नापनक्सा लिई सम्बन्धित जिल्ला नापी कार्यालयका सरकारी नापीहरूबाट प्रमाणीकरण सम्पन्न गरेको छ।

उक्त प्रमाणीकरण कार्य मकवानपुर जिल्लामा २०७९ साल चैत २४ गतेदेखि २०८० साल जेठ १४ गतेसम्म, नुवाकोटमा २०८० साल जेठ ९ गतेदेखि असार असार […]

आयोजना प्रभावित दुई जिल्लामा घरधुरी सर्वेक्षण

एमसिए–नेपालले चितवन र नवलपरासी (बर्दघाट सुस्ता पूर्व) जिल्लामा आयोजना प्रभावित परिवारको सामाजिक–सांस्कृतिक, जनसाङ्खिक र आर्थिक तथ्याङ्क सङ्कलनका लागि घरधुरी सर्वेक्षण सम्पन्न गरेको छ।

चितवन जिल्लामा उक्त सर्वेक्षण २०८० साल जेठ ७ गतेदेखि ११ गतेसम्म र नवलपरासी (बर्दघाट सुस्ता पूर्व) जिल्लामा २०८० साल जेठ २३ […]

सिन्धुपाल्चोकमा सामुदायिक वन उपभोक्तासँग परामर्श

एमसिए-नेपालले २०८० साल चैत १७ गते सिन्धुपाल्चोक जिल्लामा सामुदायिक वन उपभोक्तासँग परामर्श कार्यक्रम सम्पन्न गरेको छ।

उक्त परामर्श कार्यक्रम विद्युत् प्रसारण आयोजना प्रभावित जिल्लाका सामुदायिक वन उपभोक्तालाई वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदनका नतिजा जानकारी गराउनु र रुखगण्ना तथा पुनर्वास कार्ययोजना तयारी टोली परिचालनपूर्व सुसूचित गर्नु […]

वन उपभोक्ता समूहहरूसँग परामर्श कार्यक्रम

एमसिए–नेपालले आयोजना प्रभावित जिल्लाहरू धादिङ्ग, नुवाकोट, चितवन, मकवानपुर, पाल्पा, तनहुँ, सिन्धुपाल्चोक, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) तथा नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा रहेका विभिन्न सामुदायिक वन उपभोक्ता समूहहरू तथा कबुलियती वन उपभोक्ता समूहहरूसँग परामर्श कार्यक्रम सञ्चालन गरेको छ।

धादिङ्ग जिल्लाको गल्छी गाउँपालिका – […]

रुखगणना तथा स्थलगत सर्वेक्षण कार्यको थालनी बैठक

रुखगणना तथा स्थलगत सर्वेक्षण कार्यसम्बन्धी परामर्श सेवाको थालनी बैठक २०७९ साल चैत १३ गते आयोजना गरिएको छ।

उक्त परामर्श सेवाको उद्देश्य, कार्यक्षेत्र तथा पद्धतिहरूबारे साझा समझदारी स्थापित गर्न, सेवा उपलब्ध गराउने समयतालिका र भुक्तानीको व्यवस्था तथा एमसिए–नेपाल र एमसीसीका मार्गनिर्देशिका अन्तर्गत पालना गर्नुपर्ने अन्य सान्दर्भिक […]

तीन वटा सबस्टेशन निर्माणका लागि बोलपत्र आह्वान

२०७९ चैत ९

एमसिए–नेपालले विद्युत् प्रसारण आयोजना अन्तर्गत तीन वटा सबस्टेशन निर्माणका लागि २०८० साल असार १५ गतेको समयसीमा सहित बोलपत्र आह्वान गरेको छ।

एमसीसी नेपाल कम्प्याक्ट अन्तर्गत नुवाकोट जिल्लाको रातमाटे, तनहुँ जिल्लाको दमौली र नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) जिल्लाको भुमहीमा ४०० केभी क्षमताका सबस्टेशन […]

प्रसारण लाइनमुनि पर्ने जग्गाको स्थलगत सर्वेक्षण

एमसिए–नेपालले सात जिल्लामा प्रसारण लाइनमुनि पर्ने जग्गाको स्थलगत सर्वेक्षण २०७९ साल माघ १७ गतेदेखि चैत १० गतेसम्म गरेको छ।

उक्त सर्वेक्षण धादिङ्ग, चितवन, मकवानपुर, पाल्पा, तनहुँ, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) तथा नवलपरासी (बर्दघाट सुस्ता पूर्व) जिल्लामा गरिएको थियो। ४०० केभी दोहोरो सर्किटयुक्त प्रसारण […]

प्रभावित समुदायहरूसँग अन्तरक्रिया कार्यक्रम

एमसिए–नेपालले प्रस्तावित प्रसारण लाइनबाट स्थानीय सांस्कृतिक सम्पदा तथा वस्तीहरूमा नकारात्मक प्रभाव नपर्ने सुनिश्चित गर्नका लागि मकवानपुर तथा तनहुँ जिल्लाका प्रभावित समुदायहरूसँग अन्तरक्रिया कार्यक्रम सञ्चालन गरेको छ।

मकवानपुरमा २०७९ साल फागुन २९ गते सरोकारवालाहरूसँग आयोजना गरिएको अन्तरक्रिया कार्यक्रम।

निर्माण गर्न लागिएको नयाँ हेटौँडा सबस्टेशन नजिकैको […]

जग्गा प्राप्तिसम्बन्धी सूचना जारी गर्नका लागि जिल्लास्तरीय बैठकहरू

एमसिए–नेपालले जग्गा प्राप्ति ऐन, २०३४ को दफा ६ अनुसार जग्गा प्राप्तिसम्बन्धी प्रारम्भिक कारवाहीको सूचना जारी गर्नुपूर्व विभिन्न आयोजना प्रभावित जिल्लाहरूमा सरोकारवालाहरूसँग बैठक आयोजना गरेको छ।

जग्गा प्राप्तिसम्बन्धी प्रारम्भिक कारवाहीको सूचना जारी गर्न चितवन जिल्लामा २०७९ साल माघ ३ गते जिल्लास्तरीय बैठक बस्दै।

उक्त बैठक […]

रातमाटे सबस्टेशन निर्माणस्थल वरिपरि पर्खाल निर्माणका लागि सम्झौता

एमसिए–नेपालले नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नं. ७ स्थित रातमाटेमा रहेको ४०० केभी सबस्टेशन निर्माणस्थल वरिपरि पर्खाल निर्माणका लागि विनायक निर्माण कम्पनी प्रालिसँग २०७९ साल कात्तिक २८ गते सम्झौता गरेको छ।

उक्त सम्झौता अनुसार रातमाटे सबस्टेशन निर्माणका लागि अधिग्रहण गरिएको क्षेत्रमा १८० दिनभित्र साँध पर्खाल […]

३१५ किमि लामो ४०० केभी प्रसारण लाइन निर्माणका लागि टेण्डर आह्वान

एमसिए–नेपालले विद्युत् प्रसारण आयोजना अन्तर्गत ३१५ किमि लामो ४०० केभी प्रसारण लाइन निर्माणका लागि टेण्डर आह्वान गरेको छ।

विद्युत् प्रसारण लाइनको डिजाइन, आपूर्ति, जडान, परीक्षण र कार्य सम्पन्नताका लागि सम्पूर्ण इच्छुक योग्य निर्माण व्यवसायीहरूलाई सिलबन्दी टेण्डर हाल्नका लागि आह्वान गर्दै २०७९ साल मङ्सिर १२ गते […]