एमसिए साझेदारी कार्यक्रम कार्यान्वयनसम्बन्धी सम्झौतामा हस्ताक्षर

एमसिए–नेपालले विद्युत् प्रसारण आयोजना अन्तर्गत एमसिए साझेदारी कार्यक्रमको ‘सुदृढ विद्युत् उपयोगका लागि क्षमता अभिवृद्धि कार्यक्रम’ कार्यान्वयनका लागि २०८१ साल साउन ७ गते विनरक इण्टरनेशनल इन्स्टिच्युट फर एग्रिकल्चरल डेभेलपमेण्टसँग परामर्श सेवासम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेको छ।

परामर्शदाता कम्पनीले विद्युत् प्रसारण आयोजना प्रभावित स्थानीय तहहरूमा संस्थागत र व्यक्तिगत क्षमता अभिवृद्धिका लागि पालिकास्तरीय ऊर्जा योजना तर्जुमाका लागि एमसिए–नेपाललाई सहयोग गर्नुका साथै विद्युत् प्रसारण आयोजनाबाट प्रभावित हुने वडाहरूमा विद्युत्‌को उपयोग अभिवृद्धिका लागि क्षमता विकासमा योगदान गर्नेछ।

यो क्रियाकलाप विद्युत् प्रसारण आयोजना कार्यान्वयन हुने क्षेत्रमा आयोजनाको लाभ वितरण र समुदायसँग सुसम्बन्ध स्थापनाका लागि सिर्जना गरिएको हो। करिब २४ लाख अमेरिकी डलरको यो सम्झौताको कार्यान्वयन अवधि ३६ महिनाको हुनेछ।