ऊर्जा क्षेत्र प्राविधिक सहायता क्रियाकलाप कार्यान्वयनसम्बन्धी सम्झौतामा हस्ताक्षर

एमसिए-नेपालले विद्युत् प्रसारण आयोजना अन्तर्गतको ऊर्जा क्षेत्र प्राविधिक सहायता क्रियाकलाप कार्यान्वयनका लागि २०८१ साल असार ३१ गते डेलोइट टच टोमत्सु इण्डिया एलएलपीसँग परामर्श सेवा प्रदान गर्नेसम्बन्धी सम्झौतामा हस्ताक्षर गरेको छ।

उक्त सम्झौता अनुसार परामर्शदातामार्फत विद्युत् नियमन आयोगमा आर्थिक/वित्तीय, प्राविधिक, कानुनी र नीतिगत तथा संरचनागत विज्ञ जनशक्ति (आवासीय) उपलब्ध गराइ नियामकीय क्षमता अभिवृद्धिमा सहयोग पुर्याइनेछ।

परामर्शदातमार्फत विद्युत् नियमन आयोगका कर्मचारीको क्षमता अभिवृद्धिका साथै रणनीतिक मार्गदर्शन, विभिन्न अध्ययन तथा नियामकीय प्रावधानहरूको पुनरावलोकन र कार्यसञ्चालनसँग सम्बन्धित पद्धति र प्रक्रियाहरूको निर्माण जस्ता क्षेत्रमा सहयोग उपलब्ध गराइनेछ।

नेपाल सरकारले २०७४ सालमा विद्युत् क्षेत्रको नियमनकारी निकायको रूपमा विद्युत् नियमन आयोग स्थापना गरेको थियो। कूल १२ लाख अमेरिकी डलरको सम्झौता ४८ महिनाको अवधिमा कार्यान्वन गरिनेछ।