पूर्व–पश्चिम राजमार्गको धानखोलादेखि लमहीसम्मको ४० किमि सडक खण्ड मर्मत कार्य फूल डेप्थ रिक्लेमेशन प्रविधि प्रयोग गरी गर्नका लागि तयार गरिएको प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट २०८१ साल भदौ २ गते स्वीकृत भएको छ ।
मन्त्रालयमा प्रस्तुत गर्नुपूर्व उक्त प्रतिवेदनसम्बन्धमा विभिन्न सरोकारवालासँग २०८१ साल जेठ २० गते छलफल गरिएको थियो ।
उक्त प्रतिवेदनले आयोजनाबाट स्थानीय वातावरण तथा समुदायमा पर्नसक्ने प्रतिकूल प्रभाव न्यूनीकरण गर्नका लागि आवश्यक उपाय अपनाउन एमसिए–नेपाललाई सहयोग गर्नेछ ।