आगामी खरिदबारे छलफल कार्यक्रम

एमसिए–नेपालले सडक मर्मत आयोजनासम्बन्धी आगामी खरिदबारे सम्भाव्य बोलपत्रदाताहरूलाई जानकारी प्रदान गर्न भारतको नयाँदिल्लीमा २०८१ साल वैशाख ३ गते छलफल कार्यक्रम आयोजना गर्‍यो ।

भारतका लागि नेपाली दूतावासका मिनिष्टर (इकोनोमिक) श्री तारानाथ अधिकारीको समुपस्थितिमा सम्पन्न उक्त कार्यक्रम विशेष गरी सडक मर्मतमा फूल डेप्थ रिक्लेमेसन र सुपरपेभ प्रविधिको प्रयोगसम्बन्धी आगामी खरिद कार्यसम्बन्धी जानकारी सम्भाव्य बोलपत्रदाताहरूलाई उपलब्ध गराउन आयोजना गरिएको थियो ।

विभिन्न अन्तरराष्ट्रिय कम्पनीका करिब ७० जना प्रतिनिधिको सहभागिता रहेको उक्त कार्यक्रममा एमसिए–नेपालले गर्ने खरिदका उद्देश्यहरू, समय तालिका, खरिद प्रक्रिया, सिद्धान्त र मार्गनिर्देशनबारे जानकारी गराइएको थियो।

यस अघि २०८० साल फागुन १५ गते काठमाडौँमा आयोजित यस्तै किसिमको छलफल कार्यक्रममा नेपालस्थित विभिन्न निर्माण कम्पनीका ८९ जना प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।