सिन्धुपाल्चोकमा सामुदायिक वन उपभोक्तासँग परामर्श

एमसिए-नेपालले २०८० साल चैत १७ गते सिन्धुपाल्चोक जिल्लामा सामुदायिक वन उपभोक्तासँग परामर्श कार्यक्रम सम्पन्न गरेको छ।

उक्त परामर्श कार्यक्रम विद्युत् प्रसारण आयोजना प्रभावित जिल्लाका सामुदायिक वन उपभोक्तालाई वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदनका नतिजा जानकारी गराउनु र रुखगण्ना तथा पुनर्वास कार्ययोजना तयारी टोली परिचालनपूर्व सुसूचित गर्नु रहेको थियो।

एमसिए-नेपालको टोलीले परामर्शबाट प्राप्त निष्कर्षका आधारमा प्रभावित वन उपभोक्ता समूहहरूमा पर्नसक्ने आयोजनाको प्रभावलाई अभिलेखीकृत गरी थप मूल्याङ्कन गर्नेछ।
प्रसारण लाइन र सबस्टेशनको निर्माणका क्रममा केही राष्ट्रिय वनमा प्रभावित हुने निश्चित छ र केही हदसम्म रुख कटानी पनि गर्नुपर्नेछ। विद्युत् प्रसारण लाइन १२१ सामुदायिक वन र आठ वटा कबुलियती वन भएर जाने अनुमान गरिएको छ।

एमसिए–नेपालका गुणस्तर व्यवस्थापक – वातावरण, स्वास्थ्य र सुरक्षा श्यामकृष्ण उपाध्याय २०७९ साल चैत १७ गते सिन्धुपाल्चोक जिल्लामा सामुदायिक वन उपभोक्ता समूहका प्रतिनिधिसँग अन्तरक्रिया गर्नुहुँदै।