सात जिल्लामा रुख गणना सम्पन्न

एमसिए–नेपालले २०८० साल चैतसम्ममा चितवन, धादिङ, मकवानपुर, नवलपरासी (बर्दघाट सुस्ता पूर्व), नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), पाल्पा र तनहुँ गरी सात जिल्लामा रुख गणना कार्य सम्पन्न गरेको छ ।

वन क्षेत्रको विवरण अभिलेखीकरण गर्नुका साथै विद्युत् प्रसारण आयोजनाबाट प्रभावित सामुदायिक, कबुलियती तथा सरकारी वनका काट्नुपर्ने रुखको सङ्ख्या निर्धारण गर्ने उद्देश्यले यो कार्य गरिएको हो । सङ्कलित तथ्याङ्कका आधारमा एमसिए–नेपालले प्रभाव न्यूनीकरणका लागि उपयुक्त उपायहरू पहिल्याउनेछ ।

विद्युत् प्रसारण आयोजना सञ्चालन गरिने सम्पूर्ण जिल्लामा रुख गणना गरिनेछ ।

धादिङमा सामुदायिक वन उभोक्तासँग थप छलफल
एमसिए–नेपालले २०८० साल माघ १४ गतेदेखि १६ गतेसम्म धादिङ जिल्लाका आठवटा सामुदायिक वन उपभोक्ता समूहका प्रतिनिधिहरूसँग थप परामर्श कार्यक्रम आयोजना गरेको छ । रुख गणना र स्थलगत प्रमाणीकरण टोलीले पहिचान गरेको आवश्यकताका आधारमा ती परामर्श कार्यक्रम आयोजना गरिएको थियो ।

भस्मे लामापोखरी सामुखायिक वन उपभोक्ता समूह, सतीदेवी सामुदायिक वन उपभोक्ता समूह, झार्लाङ्ग सामुदायिक वन उपभोक्ता समूह, जुरेथम सामुदायिक वन उपभोक्ता समूह, बाह्रभूमे सामुदायिक वन उपभोक्ता समूह, एकता सामुदायिक वन उपभोक्ता समूह, सुलीखोला सामुदायिक वन उपभोक्ता समूह र भस्मे पाखा सामुदायिक वन उपभोक्ता समूहले उक्त परामर्श कार्यक्रममा सहभागिता जनाएका थिए ।