रातमाटेमा तारबार निर्माण सम्पन्न

एमसिए–नेपालले रातमाटे सबस्टेशन निर्माणस्थल बेलकोटगढी नुवाकोटमा प्राप्ति गरिएको २०.२७ हेक्टर जग्गामा तारबार निर्माण सम्पन्न गरेको छ । नवनिर्मित तारबारले एमसिए–नेपालले सबस्टेशन निर्माणका लागि प्राप्ति गरेको जग्गाको सीमा छुट्याउनुका साथै भविष्यमा छनोट हुने निर्माण व्यवसायीलाई सहज रूपमा कार्य सम्पादनमा सहयोग पुर्‍याउँछ।

एमसिए–नेपालले जग्गा प्राप्ति ऐन, २०३४ बमोजिम क्षतिपूर्ति भुक्ताी गरी १०४ घरधुरीबाट उक्त जग्गा प्राप्ति गरेको थियो ।

विद्युत् प्रसारण आयोजना अन्तर्गत ४०० केभीका तीनवटा सबस्टेशन मध्ये रातमाटे सबस्टेशन पनि एक हो ।