मुआब्जा सिफरिस उप–समितिहरूद्वारा स्थलगत अवलोकन सम्पन्न

एमसिए–नेपालले विद्युत् प्रसारण टावरहरूको जग निर्माणका लागि प्राप्ति गर्ने जग्गाको मुआब्जा सिफारिस गर्न काठमाडौँबाहेक नौ जिल्लामा गठित उप–समितिहरूले स्थलगत अवलोकन भ्रमण २०८० साल चैत भित्रमा सम्पन्न गरेका छन्।


नौ जिल्लामध्ये सातवटा जिल्लामा सम्बन्धित जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारीहरू र नुवाकोट र पाल्पा जिल्लामा जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृतहरूको नेतृत्वमा रहेका उप–समितिहरूले स्थलगत अवलोकन भ्रमण सम्पन्न गरेका हुन् ।

एमसिए–नेपालले संयोजन गरेको उक्त भ्रमणहरूमा सम्बन्धित सरकारी निकायका प्रतिनिधिहरू र निर्वाचित स्थानीय जनप्रतिनिधिहरूको सहभागिता रहेको थियो ।