मुआब्जा निर्धारण समय तालिकाबारे छलफल

एमसिए–नेपालले २०८० साल फागुन ३० गते पाल्पा जिल्लामा जग्गा प्राप्ति प्रक्रियालाई शीघ्र अगाडि बढाउन मुआब्जा निर्धारण समितिको बैठक आयोजना गरेको छ ।

उक्त बैठकमा एमसिए–नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्टले मुआब्जा निर्धारण समितिका सदस्यहरू र जिल्लास्थित अन्य सरोकारवालाको उपस्थितिमा मुआब्जा निर्धारण तालिकाबारे छलफल गर्नुभएको थियो ।

यसैगरी कार्यकारी निर्देशक विष्टले नवलपरासी (बर्दघाट सुस्ता पूर्व) र नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) जिल्लाका मुआब्जा निर्धारण समितिका संयोजकहरूसँग ती जिल्लामा जग्गा प्राप्ति प्रक्रिया र जग्गा प्राप्तिको समय तालिकाबारे छलफल गर्नुभएको छ ।