प्रसारण लाइनका लागि जग्गा प्राप्ति सहजीकरणका लागि प्रजिअहरूसँग कार्यशाला

एमसिए–नेपालले विद्युत् प्रसारण आयोजनाबाट प्रभावित जिल्लाहरूका प्रमुख जिल्ला अधिकारीहरूको सहभागितामा २०८० साल साउन ८ गते रूपन्देही जिल्लाको मणिग्राममा एक कार्यशाला आयोजना गरेको छ। उक्त कार्यशाला सम्बन्धित जिल्लाहरूमा लाई सहजीकरण गर्न साझा समझदारी विकास गर्नेसन्दर्भमा उपयोगी रहेको थियो।

उक्त कार्यशालामा प्रमुख अतिथिका रूपमा सहभागी हुँदै माननीय अर्थमन्त्री डा. प्रकाशशरण महतले एमसीसी कम्प्याक्ट अन्तर्गतका आयोजना समयमै सम्पन्न गर्नका लागि सामूहिक प्रयास हुनुपर्नेमा जोड दिनुभएको थियो।

अर्थ मन्त्रालयका सचिव एवं एमसिए–नेपाल सञ्चालक समितिका अध्यक्ष श्री अर्जुन प्रसाद पोखरेलको अध्यक्षतामा सम्पन्न उक्त कार्यशालाले विद्युत् प्रसारण आयोजनाका लागि सम्बन्धित जिल्लाहरूमा जग्गा प्राप्तिका लागि आयोजना प्रभावितहरूलाई भुक्तानी गर्नुपर्ने मुआब्जा दर निर्धारण गर्दै जग्गा प्राप्ति प्रक्रियालाई तीव्रता दिन सहयोग गर्नेछ।

उक्त कार्यशालामा गृह मन्त्रालयका सचिव श्री दिने भट्टराई तथा मकवानपुर, तनहुँ, पाल्पा, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) र नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले सक्रिय सहभागिता जनाउनुभएको थियो।