पुनर्वास कार्ययोजना र जीविकोपार्जन पुनःस्थापना योजना सार्वजनिक

एमसिए–नेपालले २०८१ साल भदौ ३१ गते नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) जिल्लामा पुनर्वास कार्ययोजना र जीविकोपार्जन पुनःस्थापना योजना सार्वजनिक गरेको छ । जग्गा प्राप्तिका क्रममा यस महत्वपूर्ण कोशेढुङ्गापछि आयोजना प्रभावित व्यक्तिहरूसँग क्षतिपूर्ति सम्झौता गरी मुआब्जा वितरण सुरु गरिनेछ ।

सो जिल्लाका प्रमुख जिल्ला अधिकारी, निर्वाचित जनप्रतिनिधिहरू तथा स्थानीय अधिकारीहरूको सहभागिता रहेको उक्त कार्यक्रममा आयोजनाबाट प्रभावित हुने निजी सम्पत्ति तथा एमसिए–नेपालको पुनर्वास नीति संरचना अनुसार उपलब्ध गराइने प्रतिस्थापन मूल्य सिद्धान्तमा आधारित मुआब्जा र क्षतिपूर्ति रकमसम्बन्धी पुनर्वास कार्ययोजना र जीविकोपार्जन पुनःस्थापना योजनाबारे सङ्क्षेपमा जानकारी गराइएको थियो ।

अन्तरराष्ट्रिय मापदण्डमा आधारित पुनर्वास कार्ययोजना र जीविकोपार्जन पुनःस्थापना योजनाले भौतिक तथा आर्थिक रूपमा विस्थापित व्यक्तिहरूको जीविकोपार्जनमा सुधार सुनिश्चित गर्दछ । एमसिए–नेपालले विद्युत् प्रसारण आयोजना कार्यान्वयन हुने १० वटै जिल्लामा मुआब्जा दर निर्धारण गरिएपछि र आगामि कात्तिक महिनामा मुआब्जा वितरण शुरु गर्नुपूर्व यस्तै कार्यक्रम आयोजना गर्नेछ ।