नयाँ बुटवल सबस्टेशन निर्माणस्थलको भ्रमण

एमसिए–नेपालको सञ्चालक समितिका सदस्यहरू नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक श्री कुलमान घिसिङ तथा निजी क्षेत्रका प्रतिनिधि श्री कुमार पाण्डेले २०८० साल साउन ७ गते नयाँ बुटवल सबस्टेशन निर्माणस्थलको निरीक्षण भ्रमण गर्नुभएको छ।

उक्त निर्माणस्थल र प्राधिकरणले गरिरहेका अन्य काम अवलोकन गर्ने उद्देश्यले उक्त भ्रमणको गरिएको थियो। नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) जिल्लाको सुनवल नगरपालिकामा निर्माण गरिने नयाँ बुटवल सबस्टेशन एमसिए–नेपालले निर्माण गर्ने तीन वटा ४०० केभीका सबस्टेशनमध्ये एउटा हो।

यसैगरी एमसिए–नेपालका कार्यकारी निर्देशक श्री खड्ग बहादुर विष्ट र एमसीसीका आवासीय राष्ट्रिय निर्देशक श्री डायन फ्रान्सिस्कोसहितको एमसिए–नेपाल र एमसीसीको संयुक्त टोलीले पनि २०८० साल मङ्सिर १४ गते उक्त सबस्टेशन निर्माणस्थलको निरीक्षण भ्रमण गरेको थियो।