जग्गा प्राप्तिसम्बन्धी सूचना जारी गर्नका लागि जिल्लास्तरीय बैठकहरू

एमसिए–नेपालले जग्गा प्राप्ति ऐन, २०३४ को दफा ६ अनुसार जग्गा प्राप्तिसम्बन्धी प्रारम्भिक कारवाहीको सूचना जारी गर्नुपूर्व विभिन्न आयोजना प्रभावित जिल्लाहरूमा सरोकारवालाहरूसँग बैठक आयोजना गरेको छ।


जग्गा प्राप्तिसम्बन्धी प्रारम्भिक कारवाहीको सूचना जारी गर्न चितवन जिल्लामा २०७९ साल माघ ३ गते जिल्लास्तरीय बैठक बस्दै।

उक्त बैठक मकवानपुर जिल्लामा २०७९ साल चैत २ गते, धादिङ्ग जिल्लामा २०७९ साल फागुन १४ गते, पाल्पा जिल्लामा फागुन १२ गते र तनहुँ जिल्लामा फागुन ११ गते आयोजना गरिएको थियो। यसैगरी नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा माघ ५ गते, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) मा माघ ४ गते र चितवन जिल्लामा माघ ३ गते ती बैठक आयोजना गरिएको थियो।


जग्गा प्राप्तिसम्बन्धी प्रारम्भिक कारवाहीको सूचना जारी गर्न नवलपरासी (बर्दघाट सुस्ता पूर्व) जिल्लामा २०७९ साल माघ ४ गते जिल्लास्तरीय बैठक बस्दै।

ती सम्पूर्ण बैठक सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा सम्पन्न भएका थिए।


जग्गा प्राप्तिसम्बन्धी प्रारम्भिक कारवाहीको सूचना जारी गर्न नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) जिल्लामा २०७९ साल माघ ५ गते जिल्लास्तरीय बैठक बस्दै।

ती बैठकका क्रममा जग्गा प्राप्ति ऐन, २०३४ अनुसार आवश्यक सूचना जारी गर्ने निर्णय लिइएको थियो।


जग्गा प्राप्तिसम्बन्धी प्रारम्भिक कारवाहीको सूचना जारी गर्न तनहुँ जिल्लामा २०७९ साल फागुन ११ गते जिल्लास्तरीय बैठक बस्दै।

उक्त ऐनको दफा ६ का अनुसार प्रारम्भिक कारवाहीका रूपमा जग्गा प्राप्तिसम्बन्धी सम्पूर्ण सूचना सार्वजनिक स्थान, सम्बन्धित जग्गा वा सम्बन्धित गाउँपालिका÷नगरपालिका कार्यालयको नजिकै वा प्रभावित सम्पत्तिको ढोका वा साँध पर्खालमा टाँस्नुपर्दछ।

जग्गा प्राप्तिसम्बन्धी प्रारम्भिक कारवाहीको सूचना जारी गर्न पाल्पा जिल्लामा २०७९ साल फागुन १२ गते जिल्लास्तरीय बैठक बस्दै।


जग्गा प्राप्तिसम्बन्धी प्रारम्भिक कारवाहीको सूचना जारी गर्न धादिङ्ग जिल्लामा २०७९ साल फागुन १४ गते जिल्लास्तरीय बैठक बस्दै।


जग्गा प्राप्तिसम्बन्धी प्रारम्भिक कारवाहीको सूचना जारी गर्न मकवानपुर जिल्लामा २०७९ साल चैत २ गते जिल्लास्तरीय बैठक बस्दै।