गुनासो सम्बोधनका लागि परामर्श कार्यक्रम

एमसिए–नेपालले नुवाकोट जिल्लाको लिखु गाउँपालिकाको वडा नं. ५ र ६ का स्थानीय वासिन्दासँग २०८० साल साउन २८ गते परामर्श कार्यक्रम आयोजना गरेको छ।

विद्युत् प्रसारण लाइनका लागि प्रस्तावित मार्गबारे आयोजना प्रभावित व्यक्तिहरूबाट दर्ता गरिएको गुनासो सम्बोधनका लागि उक्त कार्यक्रम आयोजना गरिएको थियो।
लिखु गाउँपालिकाको वडा नं ५ का अध्यक्ष विश्वप्रसाद खतिवडाको उपस्थितिमा उक्त कार्यक्रम सञ्चालन गरिएको थियो।

आयोजनासम्बन्धी कुनै पनि निर्माण कार्य थाल्नुपूर्व आयोजना कार्यान्वयन हुने १० वटै जिल्लाका प्रभावित समुदायबाट प्राप्त गुनासा सम्बोधन भएको सुनिश्चित गर्नका लागि एमसिए–नेपालले निरन्तर छलफल र परामर्श गरिरहेको छ।