आयोजना प्रभावित दुई जिल्लामा घरधुरी सर्वेक्षण

एमसिए–नेपालले चितवन र नवलपरासी (बर्दघाट सुस्ता पूर्व) जिल्लामा आयोजना प्रभावित परिवारको सामाजिक–सांस्कृतिक, जनसाङ्खिक र आर्थिक तथ्याङ्क सङ्कलनका लागि घरधुरी सर्वेक्षण सम्पन्न गरेको छ।

चितवन जिल्लामा उक्त सर्वेक्षण २०८० साल जेठ ७ गतेदेखि ११ गतेसम्म र नवलपरासी (बर्दघाट सुस्ता पूर्व) जिल्लामा २०८० साल जेठ २३ गतेदेखि २८ गतेसम्म गरिएको थियो। यस्तो सर्वेक्षण आयोजना कार्यान्वन हुने १० वटै जिल्लामा सञ्चालन गरिनेछ।

उक्त प्रक्रिया एमसिए–नेपालको पुनर्वास कार्ययोजनाको अभिन्न अङ्ग हो।