एमसिए–नेपालले २०८१ साल साउन २३ गतेदेखि २७ गतेसम्म नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) जिल्लामा आयोजना प्रभावित व्यक्तिहरूका लागि वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ ।
एमसिए–नेपालद्वारा विद्युत् प्रसारण टावरका जगहरू निर्माणका लागि प्राप्त गरिने जग्गाबापत् वितरण गरिने मुआब्जा रकमको उपयुक्त व्यवस्थापनका लागि आयोजना प्रभावित व्यक्तिहरू सक्षम भएको सुनिश्चित गर्नका लागि उक्त कार्यक्रम सञ्चालन गरिएको हो ।
मुआब्जा प्राप्त गर्ने व्यक्तिको बैङ्क खाता खोली उनीहरूलाई वित्तीय साक्षरता प्रदान गर्नु मुआब्जा वितरणपूर्व गरिनुपर्ने प्रक्रियामा पर्दछन् ।
एमसिए–नेपालले जग्गा प्राप्ति गरिने १० वटै जिल्लामा पुनर्वास कार्ययोजना अन्तर्गत वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्नेछ ।