अस्थायी पहुँचमार्ग निर्माणका लागि अध्ययन

एमसिए–नेपालले विद्युत् प्रसारण आयोजना अन्तर्गत विद्युत् प्रसारण टावरहरूको जग निर्माणस्थलसम्म पुग्नका लागि आवश्यक अस्थायी पहुँचमार्ग निर्माणका लागि इञ्जिनियरिङ्ग अध्ययन सम्पन्न गरेको छ ।

विद्युत् प्रसारण आयोजना कार्यान्वयन हुने आठ जिल्लामा गरिएको उक्त अध्ययन २०८१ साल वैशाख १३ गते सम्पन्न भएको थियो ।

यसका अतिरिक्त एमसिए–नेपालले आठ जिल्लामा छनोट गरिएका अस्थायी पहुँचमार्गसम्बन्धी वातावरणीय र सामाजिक अध्ययन पनि २०८१ साल भदौमा सम्पन्न गरेको छ ।

उक्त अध्ययनले अस्थायी पहुँचमार्गको लम्बाइ तथा तिनीहरूको वातावरणीय एवं सामाजिक प्रभावसम्बन्धी स्थलगत विवरण उपलब्ध गराएको छ । २९७ किमि लामो विद्युत् प्रसारण लाइन निर्माणका लागि प्रकाशित गरिने परिमार्जित बोलपत्रसम्बन्धी कागजातमा यसलाई समावेश गरिएको छ ।