वन उपभोक्ता समूहहरूसँगको दोस्रो चरणको परामर्श कार्यक्रम सम्पन्न

एमसिए–नेपालले विद्युत् प्रसारण आयोजनाबाट प्रभावित नौ वटा जिल्लामा रुख गणना कार्य सम्पन्न गरेको छ । उक्त रुख गणना कार्य सञ्चालनपूर्व सम्बन्धित सामुदायिक र कबुलियती वन उपभोक्ता समूहहरूसँग विस्तृत परामर्श कार्य गरिएको थियो ।

एमिसए–नेपालले विद्युत् प्रसारण आयोजनाबाट प्रभावित हुने विभिन्न जिल्लाका सामुदायिक र कबुलियती वन उपभोक्ता समूहसँगको दोस्रो चरणको परामर्श कार्यक्रम सम्पन्न गरेको छ ।

एमसिए–नेपालले सामुदायिक र कबुलियती वन उपभोक्ता समूहसँगको दोस्रो चरणको परामर्श कार्यक्रम विद्युत् प्रसारण आयोजनाबाट प्रभावित हुने सिन्धुपाल्चोक जिल्लामा २०८१ साल जेठ ३ गते, पाल्पा जिल्लामा भदौ ७ – २३ गते, तनहुँ जिल्लामा भदौ ७ – २२ गते र नुवाकोट जिल्लामा भदौ ५ – असोज १० गते आयोजना गरेको थियो ।

यसैगरी समान प्रकृतिका कार्यक्रम नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) जिल्लामा २०८१ साल असार २ – ८ गते, मकवानपुर जिल्लामा जेठ २७ – असार ३ गते, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) जिल्लामा जेठ २३ गते र चितवन जिल्लामा जेठ २८ – ३२ गते र धादिङ जिल्लामा २०८१ साल जेठ २२ – असार ६ गते सञ्चालन गरिएको थियो ।

रुख गणना कार्यको नतिजाका आधारमा विद्युत् प्रसारण आयोजनाबाट प्रभावित सरकारी, सामुदायिक र कबुलियती वनमा कटान गर्नुपर्ने वन क्षेत्र र रुखको सङ्ख्या पहिचान गर्नुका साथै अभिलेखीकरण गरी उक्त विवरण सम्बन्धित वन उपभोक्ता समितिहरूलाई उपलब्ध गराउन र विद्युत् प्रसारण आयोजना कार्यान्वयनका लागि आवश्यक राष्ट्रिय वन क्षेत्र प्रयोगका लागि ती वन उपभोक्ता समितिहरूबाट सहमति प्राप्त गर्न उक्त गणना कार्य सञ्चालन गरिएको थियो ।
सङ्कलन गरिएका तथ्याङ्कका आधारमा एमसिए–नेपालले उपयुक्त प्रभाव न्यूनीकरण योजना तयार गर्नेछ ।

यस किसिमका परामर्श कार्यक्रमहरू विद्युत् प्रसारण आयोजनाबाट प्रभावित १० वटै जिल्लामा रहेका सबै सामुदायिक र कबुलियती वन उपभोक्ता समूहसँग आयोजना गरिनेछ ।

रुख गणना, परामर्श कार्यक्रमको आयोजना तथा वन उपभोक्ता समूहहरूसँग सहमति स्थापना तथा जिल्लास्थित अधिकारीहरूसँगको समन्वय आयोजनासम्बन्धी कामहरू समयमै सम्पन्न हुने सुनिश्चितताका लागि रुख कटानसम्बन्धी अनुमति प्राप्त गर्नका लागि आवश्यक कदमहरू हुन् ।