महिलाहरूको चासो सम्बोधनका लागि परामर्श कार्यक्रम

एमसिए–नेपालले विद्युत् प्रसारण आयोजनाबाट प्रभावित हुने धादिङ, नुवाकोट र तनहुँ जिल्लाका विभिन्न नगरपालिका र गाउँपालिकाका आमा समूह र सामुदायिक वन उपभोक्ता समूहका सदस्यहरूसँग २०८० साल माघ महिनामा सामूहिक छलफल कार्यक्रमहरू आयोजना गरेको छ ।

जग्गा प्राप्तिका सन्दर्भमा विभिन्न समुदायबाट प्रतिनिधित्व गर्ने महिलाहरूको चासो सम्बोधनका लागि एमसिए–नेपालले ती छलफल कार्यक्रम आयोजना गरेको थियो ।

यस्ता सामूहिक छलफल कार्यक्रम सिन्धुपाल्चोक, मकवानपुर, चितवन, पाल्पा, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) र नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) जिल्लामा यस अघि नै सम्पन्न भइसकेको छ ।

एमसिए–नेपालको पुनर्वास कार्ययोजनाबाट महिलाहरूमा प्रतिकूल प्रभाव नपर्ने सुनिश्चितताका लागि यी परामर्श कार्यक्रम आयोजना गरिएको हो ।