पुनर्वास कार्ययोजना तयारीका लागि सर्वेक्षण सम्पन्न

एमसिए–नेपालले सञ्चालक समितिले स्वीकृत गरेको पुनर्वास नीति संरचनाको व्यवस्था अनुसार तनहुँ जिल्लामा विद्युत् प्रसारण आयोजनाबाट प्रभावित हुने घरधुरीको सामाजिक–सांस्कृतिक, जनसाङ्ख्यिक र आर्थिक तथ्याङ्क र आयोजनाबाट हुने क्षतिको विवरण सङ्कलनका लखाखगि सर्वेक्षण कार्य २०८० साल फागुन महिनामा सम्पन्न गरेको छ ।

यस्ता सर्वेक्षण विद्युत् प्रसारण आयोजना कार्यान्वयन हुने नौ जिल्लामा सञ्चालन गरिएको छ । यी सर्वेक्षण एमसिए–नेपालको पुनर्वास कार्ययोजनाको अभिन्न अङ्ग हुन् ।