आयोजनाबाट महिला तथा बालबालिकामा पर्ने प्रभावबारे छलफल

विद्युत् प्रसारण आयोजनाका पुनर्वास क्रियाकलापहरूका कारण महिला तथा बालबालिकामा पर्ने सामाजिक–आर्थिक प्रभाव विश्लेषणका लागि एमसिए–नेपालले मकवानपुर जिल्लाको कैलाश गाउँपालिका, हेटौँडा उप–महानगरपालिका, थाहा नगरपालिका तथा राक्सिराङ गाउँपालिकामा आयोजना प्रभावित महिलाहरूसँग २०८० साल मङ्सिर ४ गतेदेखि ७ गतेसम्म विषय केन्द्रित छलफलहरू आयोजना गरेको छ।

हेटौँडा उप–महानगरपालिकाको श्री निर्मल उच्च माध्यमिक विद्यालय तथा थाहा नगरपालिकाको इन्द्रायणी माध्यमिक विद्यालयका विद्यार्थीहरू पनि छलफल कार्यक्रममा सहभागी भएका थिए।

ती छलफलबाट निकालिएका निष्कर्षहरूलाई पुनर्वास कार्ययोजनाका साथै सुरक्षा पहलसम्बन्धी योजनामा अभिलेखीकृत गरिनेछ। यस्तै परामर्श कार्यक्रमहरू आयोजनाबाट प्रभावित हुने सम्पूर्ण जिल्लमा आयोजना गरिनेछ।