पुनर्वास कार्ययोजना तयारीका लागि घरदैलो सर्वेक्षण

एमसिए–नेपालले आयोजना प्रभावित घर परिवारको सामाजिक–सांस्कृतिक, जनसाङ्ख्यिक र आर्थिक तथ्याङ्क सङ्कलन गर्नका लागि चितवन र नवलपरासी (बर्दघाट सुस्ता पूर्व) जिल्लामा घरदैलो सर्वेक्षण सम्पन्न गरेको छ। धादिङ, मकवानपुर, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), नुवाकोट, पाल्पा र सिन्धुपाल्चोक जिल्लाहरूमा उक्त सर्वेक्षण जारी छ।

उक्त सर्वेक्षण एमसिए–नेपालको पुनर्वास कार्ययोजनाको अभिन्न अङ्ग हो। यस्ता सर्वेक्षण विद्युत् प्रसारण आयोजना अन्तर्गत प्रसारण लाइन निर्माण गरिने १० वटै जिल्लामा सञ्चालन गरिनेछ।