प्रसारण लाइनमुनि पर्ने जग्गाको स्थलगत प्रमाणीकरण

एमसिए–नेपालले सिन्धुपाल्चोक, मकवानपुर र नुवाकोट जिल्लामा प्रसारण लाइनमुनि पर्ने जग्गाको नापनक्सा लिई सम्बन्धित जिल्ला नापी कार्यालयका सरकारी नापीहरूबाट प्रमाणीकरण सम्पन्न गरेको छ।

उक्त प्रमाणीकरण कार्य मकवानपुर जिल्लामा २०७९ साल चैत २४ गतेदेखि २०८० साल जेठ १४ गतेसम्म, नुवाकोटमा २०८० साल जेठ ९ गतेदेखि असार असार ५ गतेसम्म र सिन्धुपाल्चोक जिल्लामा २०८० साल जेठ १८ गतेदेखि ३१ गतेसम्म सञ्चालन भएको थियो।

योसँगै नौ जिल्लामा विवादित केही टावरबाहेक अन्य जग्गाको नापनक्सा लिई प्रमाणीकरण कार्य सम्पन्न भएको छ।

नापनक्सा प्रमाणीकरण कार्य ३१५ किमि लामो दोहोरो सर्किटयुक्त प्रसारण लाइन निर्माणका लागि जग्गा प्राप्ति ऐन, २०३४ को व्यवस्था अनुसार जग्गा प्राप्ति कार्यका लागि गरिने प्रारम्भिक कारबाहीको प्रक्रिया अन्तर्गत पर्दछ।

नापनक्सा सङ्कलन गरी प्रमाणीकरण गरिएसँगै एमसिए–नेपालले सोही ऐनको दफा ८ अनुसारको प्रारम्भिक कारबाहीको प्रतिवेदन तयार गर्नेछ।