जग्गा प्राप्तिसम्बन्धमा सिन्धुपाल्चोक र नुवाकोटमा सरोकारवालाहरूसँग बैठक

एमसिए-नेपालले जग्गा प्राप्ति ऐन, २०३४ को दफा ६ को व्यवस्था अनुसार जग्गा प्राप्तिसम्बन्धी प्रारम्भिक कारबाहीको सूचना प्रकाशन गर्नका लागि सिन्धुपाल्चोक र नुवाकोट जिल्लामा सरोकारवालाहरूसँगको बैठक आयोजना गरेको छ।

सरोकारवालाहरूको बैठक नुवाकोट जिल्लाका प्रमुख जिल्ला अधिकारी किरण थापाको अध्यक्षतामा २०७९ साल चैत २७ गते बसेको थियो भने सिन्धुपाल्चोक जिल्लाका प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेको अध्यक्षतामा २०८० साल वैशाख ८ गते बसेको थियो। दुवै बैठकले जग्गा प्राप्ति ऐन, २०३४ अनुसार प्रारम्भिक कारबाही प्रक्रिया अगाडि बढाउने निर्णय गरेका थिए।

यस्ता बैठकहरू विद्युत् प्रसारण आयोजना कार्यान्वयन हुने १० वटै जिल्लामा भइरहेका छन्।

नुवाकोट जिल्लामा जग्गा प्राप्तिका लागि २०७९ साल चैत २७ गते आयोजित प्रारम्भिक कारबाहीको सूचना जारी गर्नुपूर्व बसेको बैठक।