रातमाटे सबस्टेशन निर्माणस्थल वरिपरि पर्खाल निर्माणका लागि सम्झौता

एमसिए–नेपालले नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नं. ७ स्थित रातमाटेमा रहेको ४०० केभी सबस्टेशन निर्माणस्थल वरिपरि पर्खाल निर्माणका लागि विनायक निर्माण कम्पनी प्रालिसँग २०७९ साल कात्तिक २८ गते सम्झौता गरेको छ।

उक्त सम्झौता अनुसार रातमाटे सबस्टेशन निर्माणका लागि अधिग्रहण गरिएको क्षेत्रमा १८० दिनभित्र साँध पर्खाल निर्माण गरिनेछ। एमसिए–नेपालले विद्युत् प्रसारण आयोजना अन्तर्गत ४०० केभी सबस्टेशन निर्माणका लागि नुवाकोटको रातमाटेमा ३९८ रोपनी जग्गा प्राप्त गरेको छ।

उक्त सम्झौतामा एमसिए–नेपालको तर्फबाट कार्यकारी निर्देशक श्री खड्ग बहादुर विष्ट तथा विनायक निर्माण कम्पनी प्रालिका तर्फबाट निर्देशक श्री सुदिन श्रेष्ठले हस्ताक्षर गर्नुभएको थियो।